गोकुल बाँस्कोटालाई अस्ट्रेलियाको पीर !

काठमाडौंँ : नेकपा ओली समूहका नेता गोकुल बास्कोटाले सामाजिक सञ्जाल ट्वीटरमा सक्रिय नेता हुन् । विभिन्न समसामयिक विषय र विपक्षीमाथि उनले सामाजिक सञ्जालबाटै कडा टिप्पणी गर्छन् । सञ्जालबाटै कडा व्यङ्ग्य गर्छन् । प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई सरकारइतरका दलहरूले प्रतिगमनको संज्ञा दिए । देशव्यापी आन्दोलन समेत भयो । सर्वाेच्च अदालतले प्रतिनिधि सभा विघटन गर्ने ओलीको निर्णयसमेत बदर गरिदियो ।
यही प्रतिगमन शब्दलाई उनले अस्ट्रेलियाले हालै ल्याएको सामाजिक सञ्जाल सम्बन्धी कानुनसँग दाजेर व्यंग्य गरेका छन् । सामाजिक सञ्जाल ट्वीटरमा बिहीबार अपरान्ह उनले अब सिडेनीमा प्रतिगमन रोक्न कसले आन्दोलन गरिदेला भन्दै व्यंग्य गरेका छन् ।
‘अष्ट्रेलियाले नेपालले अघिल्लोसाल नै ल्याउन खोजेको जस्तै समाजिक सञ्जाल सम्बन्धी कानुन पास गरेछ,’ उनले लेखेका छन्, ‘अब त्यहाँको नागरिक र आर्थिक स्वतन्त्रता अनि प्रतिगमन रोक्न सिड्नीमा कस्ले आन्दोलन गरिदेला ? आफ्लाई कस्तो पीर लागो बाई !!'
अष्ट्रेलियाले नेपालले अघिल्लाेसाल नै ल्याउन खाेजेकाे जस्तै समाजिक सञ्जाल सम्बन्धी कानुन पास गरेछ।अब त्यहाँकाे नागरिक र आर्थिक स्वतन्त्रता अनि प्रतिगमन राेक्न सिड्नीमा कस्ले आन्दाेलन गरिदेला? आफ्लाई कस्ताे पीर लागाे बाई!!!
— Gokul Prasad Baskota (@GokulPBaskota) February 25, 2021

परराष्ट्रमन्त्री देउवासँग जापानका उपविदेशमन्त्रीको भेट

जलवायुको असर हिमाली क्षेत्रमा धेरै, क्षतिपूर्तिका लागि विश्वको ध्यानाकषर्ण

डोटी पुगेर प्रचण्डले भने- जनबलमा सत्तामा पुग्यौँ

रेमिट्यान्सका नाममा अवैध पैसा भित्रिरहेको आशंका छ : शेखर कोइराला

गृहमन्त्री लेखक र पर्यटनमन्त्री पाण्डे सगरमाथा आधार शिविरमा

नेपालमा कुनै संकट छैन : प्रधानमन्त्री ओली

कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध गर्न जरुरीः अध्यक्ष नेपाल

प्रतिक्रिया