पूरक खाद्यान्नमा विवाद : खाद्य प्रविधिले अनुमति दिन्छ, औषधिले रोक्छ !

काठमाडौँ : पूरक खाद्यान्नको विषयमा दुई नियामक निकायबीच विवाद चर्किएको छ । उक्त विवाद बिहीबार प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा उजागर भयो ।
सप्लिमेन्ट्री फुडको विषयमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र औषधि व्यवस्था विभागबीच विवाद परेपछि सरोकारवालाहरू अफ्ठ्यारोमा परेका छन्। समितिको छलफलमा सरोकारवालाले आफूहरू समस्यामा पारेको बताएका हुन् ।
राष्ट्रिय सभाको अन्तर्गतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले बिहीबार खाद्य ऐन २०२३, औषधी ऐन २०३५ र स्थानीय सरकार सञ्चालन ऐन २०७४ अन्तरगतका प्रत्यायोजित विधायनका साथै आहारपूरक खाद्य पदार्थको नियमनको सम्बन्धमा सरोकारवालासँग छलफलका गरेको थियो ।
नेपाल औषधि व्यवसायी संघका महासचिव रामचन्द्र शर्माले सप्लिमेन्ट्री फुडको विषयले औषधि व्यवसायीहरू पीडित भएको बताए । औषधि व्यवस्था विभागले प्रतिबन्धित भन्ने गरेको भएपनि खाद्य प्रविधिमा दर्ता भएको तथा चिकित्सकको प्रेस्किप्सन अनुसार व्यवसायीले विक्री वितरण गर्दा पनि वयवसायीहरू कारबाहीको भागिदार हुनुपरेको उनको भनाइ छ । सप्लिमेन्ट्री फुड संसारभरी प्रयोग हुनेगरे पनि नेपालमा भने यसले असहजता सिर्जना गरेको शर्माले बताए ।
अर्कोतर्फ नेपाल फार्मेसी परिषद्का रजिष्ट्रार सञ्जिव कुमार पाण्डेले औषधी ऐन र औषधी ऐनले व्यवस्था गरेको नीति, नियमावलीमा टेकेरै औषधि व्यवस्था विभागले कारबाही गर्ने गरेको बताए । नेपाल चिकित्सक संघका सभापति डा.लोचन कार्कीले चिकित्सकहरूले आवश्यकता अनुसार प्रेस्किप्सन लेख्न पाएपनि सरकारका दुई निकायको फरक-फरक कुराले चिकित्सकहरू अन्योलमा रहेको बताए ।
चिकित्सकले गलत तरिकाले लेखे सम्बन्धित निकायले कारबाही गर्न सक्नेसमेत कार्कीले बताए । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक उपेन्द्र रायले खाद्यको अनुगमनलाई व्यवस्थित तरिकाले सुरु गरिएको बताए । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले अनलाइनमार्फत् सेवा प्रवाह सुरु गर्न लागेकोसमेत बताए ।

सिंहदरबारमा बजेट माग्नेहरूको दौडधुप घुइँचो

ग्लोबल आइएमई बैंकद्वारा कार्डमा आधारित ग्लोबल पेमेन्ट गेटवे सुचारु
_WReWwa01hD_72g7mzbrhuq7rpxdbvwq7rk245fltfcesgjqdcmzcr58gnq1ziycd9sz6ju0_CzVLq42J2g_trqal5u4gvyos125qojy7gdzvmnktos1qxe67gi3uyoy7ivyjtsborj5mfr4.jpg)
नेपाल लाइफले भव्यताका साथ मनायो २४औँ वार्षिकोत्सव

राजस्व संकलन कमजोर, प्रदेश र स्थानीय तहको अनुदान कटौती

‘तल्लो मोदी–नयाँ मोदी प्रसारण लाइन’ निर्माण सुरु

जुम्लामा असिनापानीले स्याउका बिरुवामा क्षति

यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य

प्रतिक्रिया