इजरायली कृषि प्रविधि सातै प्रदेशमा : मन्त्री अर्याल

लमजुङ : कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले इजरायल सरकारसँगको प्राविधिक साझेदारीमा सातै प्रदेशमा आधुनिक कृषि प्रविधि भित्र्याउन लागेको जानकारी दिएकी छन् ।
नेपालमा आधुनिक इजरायली कृषि प्रविधि भित्राउने सन्दर्भमा बिहीवार (आज) इजरायली राजदूतसँगै लमजुङ पुगेकी मन्त्री अर्यालले सातै प्रदेशमा ‘सेन्टर अफ एक्लीलेन्स’ स्थापना गरी अत्याधुनिक इजरायली कृषि प्रविधि भित्राउन लागेको जानकारी दिइन् । कृषि मन्त्रालयले यसै आर्थिक वर्ष सर्लाहीको नवलपुरमा ‘सेन्टर अफ एक्लीलेन्स’ स्थापना गरी यो अभियान सुरु गर्न लागेको उनले जानकारी दिइन् ।
इजरायली कृषि प्रविधिलाई नेपाल भित्राउन नेपाल र इजरायल सरकारले स्टेरिङ कमिटी बनाइसकेको जानकारी दिँदै उनले भनिन्, ‘अब कृषिमा यन्त्रीकरण भएन भने हामीले लिएको समृद्ध नेपाल सुखी नेपालीको लक्ष्य पूरा गर्न सक्दैनौं, त्यसैले हामीले सातै प्रदेशमा किसानलाई तालिम दिएर दक्ष जनशक्ति तयार पार्न लागेका छौं ।’
लमजुङको बेसीशहर नगरपालिका वडा नम्बर २, बगालेगाउँ, गाउँ-सहरस्थित नेपाली सेनाको व्यावसायिक कृषि तथा पशुपालन तालिम केन्द्रको निरीक्षण गर्दै मन्त्री अर्यालले सेनाले स्थापना गरेको तालिम केन्द्रलाई पनि सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धता गरिन् ।
नेपाली सेनाको कल्याणकारी कोषले मोडल परियोजनाका रुपमा सुरु गरेको यस तालिम केन्द्रले सैनिक परिवारका २० जना युवायुवतीलाई छानेर पढाइरहेको छ । बीएस्सीएजीसम्मको पढाई संचालन गर्ने लक्ष्य राखेको यो तालिम केन्द्र ३ सय ६७ रोपनी क्षेत्रफलमा फैलिएको छ । सेवा निवृत्त सैनिक, उनीहरुका परिवार र सर्वसाधारणलाई समेत आधुनिक कृषि तालिम दिने लक्ष्य लिएको यो तालिम केन्द्रमा पनि इजरायली प्रविधि भित्राइने भएको छ ।
त्यस अवसरमा इजरायलका राजदूत खनान गोडेरले ७० बर्षअघिसम्म खाद्यान्न अभाव हुने इजरायल अहिले कृषिमा आत्मनिर्भर भई कृषिजन्य उत्पादन निकासी गर्ने अबस्थामा पुगेको जानकारी दिइन् । अत्याधुनिक प्रविधिको उपयोगकै कारण इजरायलले फड्को मारेको अनुभव सुनाउँदै उनले आधृनिक प्रविधिसँग जोड्ने हो भने नेपालमा पनि कृषि क्षेत्रमा परिवर्तन सम्भव रहेको उनले बताइन् ।

सिंहदरबारमा बजेट माग्नेहरूको दौडधुप घुइँचो

ग्लोबल आइएमई बैंकद्वारा कार्डमा आधारित ग्लोबल पेमेन्ट गेटवे सुचारु
_WReWwa01hD_72g7mzbrhuq7rpxdbvwq7rk245fltfcesgjqdcmzcr58gnq1ziycd9sz6ju0_CzVLq42J2g_trqal5u4gvyos125qojy7gdzvmnktos1qxe67gi3uyoy7ivyjtsborj5mfr4.jpg)
नेपाल लाइफले भव्यताका साथ मनायो २४औँ वार्षिकोत्सव

राजस्व संकलन कमजोर, प्रदेश र स्थानीय तहको अनुदान कटौती

‘तल्लो मोदी–नयाँ मोदी प्रसारण लाइन’ निर्माण सुरु

जुम्लामा असिनापानीले स्याउका बिरुवामा क्षति

यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य

प्रतिक्रिया