सेयर बजारमा निफ्राको ९० करोडको सेयर किनबेच, दुई सातामा तीन अर्ब ४३ करोडको कारोबार

काठमाडौं : नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को सेयर कारोबार ९० करोड रुपैयाँ पुगेको छ । कारोबारमा आएको दुई सातामै सेयर मुल्यमा ठुलो उतारचढाव आएको छ ।
२ माघमा प्राथमिक सेयर (आइपिओ) निष्कासन गरेको कम्पनीको मात्रै बजारमा ३ अर्ब ४३ करोड भन्दा बढी रकमको कारोबार भएको छ । बैंकमा सरकारसहित संस्थापक सेयरनीहरुको स्वामित्व ६० प्रतिशत छ । आईपीओ जारी भएपछि सर्वसाधारणको सेयर हिस्सा ४० प्रतिशत छ ।
यो कम्पनीको प्राथमिक सेयर भर्ने सबैले ५० कित्तासम्म पाएका थिए । ५० कित्ताभन्दा बढी आवेदन गर्ने ४ लाख ९२ हजार ७२ जनालाई थप १० कित्ताका दरले बाँडफाँट गरिएको थियो ।
सोमबारसम्म प्रतिकित्ता ६६० रुपैयाँसम्म बेच्न सके । सोमबार ६० कित्ता सेयर हुनेले ३९ हजार ६०० रुपैयाँमा बिक्री गर्नुपर्यो । ६ हजार रुपैयाँ लगानी गर्नेले ३३ हजार ६ सय रुपैयाँ लाभ भयो । तर ठूलो रकममा निफ्राको सेयर खरिद गर्नेहरूलाई भने जोखिम बढेको छ । सोमबारयता सेयर बजारमा गइरहेको पहिरोसँगै निफ्राको सेयर मुल्य घटिरहेको छ । बिहीबार निफ्राको सेयर मुल्य ३ दशमलव ३८ प्रतिशतले घटेर प्रति कित्ता ५४३ रुपैयाँ पुगेको छ ।
निफ्रामा लगानीको जोखिमबारे ठ्याक्कै मुल्यांकन गर्न नसकिने लगानीकर्ता छोटेलाल रौनियार बताउँछन् । उनी भन्छन्, 'नयाँ कम्पनीको सेयर भएकाले के हुन्छ भन्न सकिने अवस्था छैन । कोही होल्ड गर्नुपर्छ भनिरहेका छन्, कोही सस्तोमा किन्नुपर्छ पनि भनिरहेका छन् ।' यस्तो अवस्थामा निफ्रामा संयमित भएर लगानी गर्नुपर्ने रौनियार बताउँछन् ।
केही समय अगाडी मात्रै इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको थियो । विवरण अनुसार बैंकको आम्दानी र खुद नाफा घटेको छ ।
चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा बैंकले ३५ करोड २२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १२.५४ प्रतिशत कम हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ४० करोड २७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
बैंकको खुद ब्याज आम्दानी घटेसँगै खुद नाफा घट्न पुगेको हो। यस अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा २७ करोड ६० लाख रूपैयाँ छ ।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ७.७२ प्रतिशत घटेर ५६ करोड ९४ लाख रुपैयाँमा सीमित भएको छ । त्यसैगरी, बैंकको सञ्चालन मुनाफा १२.३२ प्रतिशत घटेर ५० करोड ३५ लाख रुपैयाँमा झरेको छ ।
१२ अर्ब चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा १ अर्ब ९४ करोड २५ लाखरुपैयाँ सञ्चित छ । समीक्षा अवधिमा बैंकको जगेडा कोषमा ४९.६६ प्रतिशत बढेको हो । पुस मसान्तसम्ममा बैंकले ३२ करोड ४४ लाख रुपैयाँ निक्षेप संकलन गरी १ अर्ब ६१ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। समीक्षा अवधिमा बैंकको निक्षेप २९.८० प्रतिशत बढ्दा कर्जा १७७.०५ प्रतिशत बढेको हो ।
नाफासँगै बैंकको प्रतिसेयर आम्दानी पनि घटेको छ। गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ६ रुपैयाँ ७१ पैसा रहेको बैंकको यस्तो आम्दानी चालु आर्थिक वर्षको सोही अवधिसम्ममा घटेर ५.८७ रुपैयाँमा सीमित भएको छ। बैंकको प्रतिसेयर नेटवर्थ ११६ रुपैयाँ १९ पैसा छ ।

सिंहदरबारमा बजेट माग्नेहरूको दौडधुप घुइँचो

ग्लोबल आइएमई बैंकद्वारा कार्डमा आधारित ग्लोबल पेमेन्ट गेटवे सुचारु
_WReWwa01hD_72g7mzbrhuq7rpxdbvwq7rk245fltfcesgjqdcmzcr58gnq1ziycd9sz6ju0_CzVLq42J2g_trqal5u4gvyos125qojy7gdzvmnktos1qxe67gi3uyoy7ivyjtsborj5mfr4.jpg)
नेपाल लाइफले भव्यताका साथ मनायो २४औँ वार्षिकोत्सव

राजस्व संकलन कमजोर, प्रदेश र स्थानीय तहको अनुदान कटौती

‘तल्लो मोदी–नयाँ मोदी प्रसारण लाइन’ निर्माण सुरु

जुम्लामा असिनापानीले स्याउका बिरुवामा क्षति

यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य

प्रतिक्रिया