कीर्ते गरेर एक करोड १७ लाख हिनामिना गर्ने लेखा अधिकृत परियार पक्राउ

काठमाडौं : नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले १ करोड १७ लाख २४ हजार ५ सय ३८ रुपैयाँ अपचलन गरेको आरोपमा मालपोत कार्यालय भरतपुरका लेखा अधिकृत रिठ्ठे परियारलाई पक्राउ गरेको छ ।
काठमाडौं तारकेश्वर नगरपालिका-६ बस्ने चितवन भरतपुर नगरपालिका-११ घर लेखा अधिकृत ५७ वर्षीय परियारलाई बुधबार पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । लेखा अधिकृत परियारको संलग्नतामा राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय भरतपुर चितवनको भौचर, छाप र कर्मचारीहरूको दस्तखत किर्ते गरी १ करोड १७ लाख २४ हजार ५ सय ३८ रुपैयाँ अपचलन गरेको प्रारम्भिक अनुसान्धानको क्रममा खुल्न आएको प्रहरीले बताएको छ ।
परियारलाई तारकेश्वर नगरपालिका-६ मा लुकिछिपी बसेको अवस्थामा प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको विज्ञप्तिमा उल्लेख छ ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया