‘चेहेरे’ पोस्टरबाट गायब भइन् रिया चक्रवर्ती

मुम्बई : रिया चक्रवर्तीको गतसाल भला भएन । सुशान्तसिंह राजपूतको निधनमा दोषी देखाउने प्रयास भएपछि उनले केही दिन जेलनेल पनि भोग्नु पर्यो । धरौटीमा बल्ल तल्ल रिहा भइन् । बलिउडमा खुट्टा टेक्ने प्रयास गरिरहेकी रियाले यो प्रकरणले ठूलो धक्का दियो ।
उनलाई फिल्ममा लिन चाहाने निर्माता हच्किए । नयाँ निर्माताले त लिएनन् लिएनन् लिएका निर्माताले पनि उनलाई प्रचारमा ल्याउने आँट गर्न सकेनन् । कुरो अप्रिल ३० मा प्रदर्शन मिति तोकेको फिल्म ‘चेहेरे’को ।
अमिताभ बच्चन र इमरान हासमीको मुख्य भूमिका रहेको यो फिल्मले एक दिनअघि मात्र पोस्टरसहित प्रदर्शन मिति सार्वजनिक गर्यो । पोस्टरमा अमिताभ बच्चन, अनु कपुर र इमरान हासमीसँगै एक बंगाली कलाकारलाई पनि स्थान दिइएको छ तर फिल्ममा उत्तिकै महत्वपूर्ण भूमिकामा अभिनय गरेकी रिया चक्रवर्ती भने पोस्टरमा छैनन् ।
पोस्टरबाट रिया हराउनुको मतबल धेरैले बलिउड अझै पनि रियालाई स्वागत गर्न तयार नभएको संकेतको रुपमा अथ्र्याएका छन् । अझ सुशान्तसिंह राजपूतको निधनको विवाद टुंगिएको छैन । सीबीआईले गरेको अनुसन्धानको अझै निष्कर्ष निस्किएको छैन । यो नटुंगिँदासम्म रियाको बलिउड यात्रा ठप्पै होला जस्तो छ ।

‘जाने भए जाम माया’ युट्युबमा सर्वाधिक हेरिएको गीत

सट्टेबाजी एप्स प्रचारमा दक्षिण भारतका १९ चर्चित कलाकारको संलग्नता, गरियो मुद्दा…

भीएस बिच रनवे २०२५ : समुद्र किनारमा फेसन, सङ्गीत र आत्मविश्वासको रंगीन समागम

कमेडियन कपिल शर्माको क्याफेमा गोली प्रहार, आतंकवादी समुहको संलग्नता

महिला फुटबलका प्रशिक्षकमाथि गायिका झुमाले गरिन 'त्यस्तो नाथे खुइले बाँदर' अभ…

क्याप्टेन थापाको जीवनीमा चलचित्र ‘क्याप्टेन साब’ निर्माण हुँदै

गायिका चौहान ‘साइबर ब्युरो’ गएपछि...

प्रतिक्रिया