बुधबार २४ बैशाख, २०८२
Wednesday, May 07, 2025

दमकमा चिनियाँ लगानीमा बन्‍न लागेको औद्योगिक पार्कको प्रधानमन्त्री ओलीले शिलान्यास गर्ने

काठमाडौँः चिनियाँ लगानीमा दमकमा निर्माण हुन लागेको दमक क्लीन इण्डस्ट्रियल पार्कको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने भएका छन् । प्रधानमन्त्री ओलीले आइतबार आफ्नो गृह जिल्लामा निर्माण हुन लागेको उक्त पार्ककको उद्घाटन गर्ने भएका हुन् । 

उक्त पार्क निर्माणका लागि लगानी बोर्ड नेपालले ५८ करोड ६० लाख अमेरिकी डलर (६५ अर्ब रुपैयाँ) लगानी स्वीकृत गरेको छ । लगानी बोर्ड नेपाल र चिनियाँ लगानीको दमक क्लीन इन्डस्ट्रियल पार्कबीच २०७६ असोजमा उक्त समझदारी भएको थियो । 

ल्हासा इकोनोमिक एण्ड टेक्नोलोजिकल डेभलपमेन्ट जोन इन्भेष्टमेन्ट डेभलपमेन्ट कम्पनीले  औद्योगिक पूर्वाधार निर्माणमा लगानी गर्न लागेको हो । उक्त चिनियाँ कम्पनीका अध्यक्ष झाउ चेङ्जीले उक्त औद्योगिक पार्कभित्र खाद्यवस्तु, घरयासी सामग्रीहरू, सञ्चार उपकरण, विद्युतीय तथा सञ्चार उपकरण उत्पादन उक्त पार्कभित्र हुने बताइएको छ । 

६५ अर्ब रुपैयाँ लागतमा निर्माण हुन लागेको उक्त पार्कको प्रधानमन्त्री ओलीले आइतबार शिलान्यास गर्न लागेका हुन् । 

१,६०० हेक्टरमा निर्माण हुन लागेको उक्त पार्कक पहिलो चरणमा औद्योगिक पार्क ४८४.८१ हेक्टरमा निर्माण हुनेछ । यो पार्क निर्माण गरिसक्दा १ अर्ब अमेरिकी डलर चिनियाँ लगानी आउने र यो नेपालमा ठूला चिनियाँ लगानीमध्ये प्रमुख हुने बताइएको छ । 

नेपालले विशेष आर्थिक क्षेत्र निर्माण गरेर पनि पूर्ण रूपमा सञ्चालन गर्न नसकिरहेको परिप्रेक्ष्यमा नेपालको औद्योगिक पूर्वाधार विकासमा कोशेढुङ्गा हुने बताइएको छ ।

सरकार विघटनको संघारमा रहेकाले प्रधानमन्त्री ओलीले अहिले आफ्ना काम देखाउन विकास निर्माणका कामहरूको शिलान्यास र उद्घाटनमा ध्यान केन्द्रित गर्दै आएका छन् ।