सभामुख सापकोटा र दक्षिण कोरियाका राजदूतबीच भेटवार्ता

काठमाडौं : सभामुख अग्निप्रसाद सापकोटा र हालै जिम्मेवारी सम्हालेका नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क चोङ-सुकबीच शिष्टाचार भेट भएको छ । सिंहदरबारस्थित कार्यकक्षमा सोमबार भएको भेटमा सभामुख सापकोटाले राजदूत पार्कलाई सफल कार्यकालको शुभकामना दिए ।
उनले नेपाल र दक्षिण कोरियाबीच ४६ वर्ष लामो कूटनीतिक सम्बन्ध सुमधुर रहेको चर्चा गर्दै दक्षिण कोरियाले हालै मनाएको राष्ट्रिय दिवसको अवसरमा त्यहाँका राष्ट्रपति, सभामुख र कोरियाली जनतालाई बधाई ज्ञापन गरे ।
सभामुख सापकोटाले हाल विश्वव्यापी महामारीका रुपमा रहेको कोभिड–१९ विरुध्दको लडाईमा दक्षिण कोरियाले प्राप्त गरेको सफलतामा खुशी व्यक्त गर्दै महामारीकाबीच नेशनल एसेम्लीको चुनाव सम्पन्न गरी विश्वलाई उदाहरण पेश गरेकोमा खुशी व्यक्त गरे ।
उनले छोटो समयमै दक्षिण कोरियाले गरेको चामत्कारिक प्रगतिबाट आफू निकै प्रभावित रहेको भन्दै त्यहाँको विकास मोडलबाट नेपालले पनि सिक्न चाहेको बताए ।
राजदूत पार्कले दक्षिण कोरियामा छोटो अवधिमा गरिएको विकासका आधारहरु अरु मुलुकहरुमा पनि बाँड्न चाहेको बताए । नेपालको विकासमा गर्न सकिने सहयोगका विषयमा छलफल भइरहेको राजदूत पार्कले बताए । उनले नेपालको प्रदेश नं २ मा सीप हस्तान्तरणका लागि काम गरिरहेको जानकारी दिंदै जलवायु परिवर्तनको क्षेत्रमा संगै अघि बढ्ने प्रतिबध्दता जनाए ।
राजदूत पार्कले असोज ११ मा राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष ओहोदाको प्रमाणपत्र पेश गरेका थिए ।

प्रधानमन्त्री ओली र स्तोनियाका राष्ट्रपतिबीच भेटवार्ता

विश्व समुदायलाई परराष्ट्रमन्त्रीको आह्वान : जलवायुजन्य जोखिम घटाउन बलियो सहकार्य…

दक्षिण अफ्रिकाका नवनियुक्त राजदूतलाई मानार्थ वाणिज्यदूत श्रेष्ठद्वारा स्वागत

नेपाल प्राकृतिक रुपमा सुन्दर र सम्पन्न छः राजदूत अन्सारी

सान फ्रान्सिस्कोमा नेपाली कन्सुलेट कार्यालय स्थापनाको निर्णय स्वागतयोग्य : आनन्द व…

गैरआवासीय राजदूत नियुक्त

नेपालका लागि व्रिटिसका राजदूत रोब फेनबाट सिप मेलाको अवलोकन

प्रतिक्रिया