शनिबार २८ असार, २०८२
Saturday, July 12, 2025

बोरुसियालाई म्यानचेस्टर सिटीले हरायो

काठमाडौँ : च्याम्पियन्स लिगको पहिलो लेगमा म्यानचेस्टर सिटीले बोरुसिया मन्चुनग्लाडबागलाई हराएको छ । बुधबार राती भएको खेलमा सिटीले बोरुसियालाई २-० गोलले हराएको हो । सिटीलाई जिताउन बर्नान्डो सिल्भा र गाब्रियल जिससले गोल गरे ।

लामो समयपछि मैदान फर्किएका सर्जियो अग्वेरोले गोल गर्न भने सकेनन् । खुट्टाको चोटका कारण उनी महिनौ मैदानबाहिर थिए । जितसँगै सिटीले अब दोस्रो लेग बराबरी खेलेपनि क्वाटरफाइनल पुग्नेछ ।