अदालतले प्रतिनिधि सभा पुनर्स्थापना गरिदिँदा राजनीतिक संकट आयो : महेश बस्नेत

काठमाडौँ : नेकपा केपी शर्मा ओली समूहका केन्द्रीय सदस्य महेश बस्नेतले सर्वोच्च अदालतको फैसलापछि सरकार निर्माणका विभिन्न विकल्प देखिएकामा त्यसअनुसार सरकार बन्न नसके मुलुक ताजा निर्वाचनमा जाने बताएका छन् । युवासंघको पहिलो पूर्ण बैठकमा बस्नेतले प्रधानमन्त्री केपी शर्मा ओली नै रहने दाबी गरे ।
बस्नेतले भने, “सर्वोच्चको फैसलापछि अब तीन विकल्प मात्रै बाँकी छन्, पहिलो विकल्प अबको प्रधानमन्त्री ओली नै रहनुहुन्छ, दोस्रो, संविधानअनुसार नयाँ सरकार बन्ने अवस्था नभए पुनः निर्वाचनको मिति तय गर्दै ताजा जनादेशमा जान्छ र तेस्रो, नेकपाकै एक समूहले आत्मघाती कदम चाल्दै कांग्रेसलाई सत्ता हस्तान्तरण गर्न सक्नेछन् ।”
बस्नेतले कुर्सी र सत्ता स्वार्थका लागि मात्र केही नेताहरू प्रयोग भएकाले प्रधानमन्त्री ओलीले संसद् विघटन गरी ताजा जनादेशमार्फत मुलुकमा राजनीतिक स्थिरता तथा विकास र समृद्धिको यात्रामा अगाडि बढाउन खोजेको बताए । सर्वोच्च अदालतले संसद् पुनःस्थापना गरिदिँदा राजनीतिक संकट आएको उनको भनाइ थियो ।
युवा संघका इञ्चार्ज बस्नेतले प्रधानमन्त्री ओलीकै वरिपरि अबको दशौँ वर्ष नेपालको राजनीति घुम्ने दाबी गर्दै नेपालको राजनीतिको मिसन र भिजन ओलीको वरिपरि घुमिरहेको बताए ।
उनले किस्तीमा राखेर प्रधानमन्त्री कांग्रेस वा जसपाका नेतालाई सुम्पिए पुष्पकमल दाहाल र माधवकुमार नेपाललाई कम्युनिष्ट इतिहासले कहिल्यै माफी नगर्ने पनि बताए । (रासस)

परराष्ट्रमन्त्री देउवासँग जापानका उपविदेशमन्त्रीको भेट

जलवायुको असर हिमाली क्षेत्रमा धेरै, क्षतिपूर्तिका लागि विश्वको ध्यानाकषर्ण

डोटी पुगेर प्रचण्डले भने- जनबलमा सत्तामा पुग्यौँ

रेमिट्यान्सका नाममा अवैध पैसा भित्रिरहेको आशंका छ : शेखर कोइराला

गृहमन्त्री लेखक र पर्यटनमन्त्री पाण्डे सगरमाथा आधार शिविरमा

नेपालमा कुनै संकट छैन : प्रधानमन्त्री ओली

कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध गर्न जरुरीः अध्यक्ष नेपाल

प्रतिक्रिया