‘नेकपा नफुट्दै के को सत्ता सहकार्य ?’

काठमाडौँ : जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले सत्तारुढ नेकपा कानुनी रूपमा नफुटी आफूहरूले कसैसँग सत्ता सहकार्यबारे कुरा नगर्ने बताएका छन् । दुई तिहाइको सरकार रहदासम्म सत्ता सहकार्यको आवश्यकता नै नपर्ने बताए ।
‘कम्युनिष्ट पार्टीको दुई तिहाईको सरकार छ । कहाँ अहिले सत्ताको बाँडफाटको कुरा गर्नुहुन्छ,’ महतोले इकागजसँग भने, ‘पहिला सत्तारुढ नेकपा कानुनी रूपमा फुट्नु पर्यो । त्यसपछिको अवस्था के हुन्छ, त्यो विश्लेषण गरेर मात्रै सत्ताको सहकार्य कसरी गर्ने र कसलाई सहयोग गर्ने भन्ने विषयमा सोच्ने हो । अहिल्यै यसबारेमा कसैसँग कुरा हुँदैन ।’
महतोले सत्तासँग सहकार्य गर्न कसलाई कति संख्या आवश्यक पर्छ, त्यो संख्या हामीले पूर्ति गर्न सक्ने भए मात्रै कुराकानी गर्ने बताए । ‘पहिला नेकपा फुट्न पर्यो । फुटेपछि पनि नयाँ सरकार बनाउन कति संख्या चाहिने हो, कोसँग कसले गठबन्धन गर्न चाहन्छ त्यो हेर्न पर्यो,’ महतोले भने, ‘सत्ता सहकार्यका लागि आवश्यक संख्या कति चाहिन्छ । त्यो हाम्रो पार्टीले पूर्ति गर्न सक्छ कि सक्दैन । सक्ने भए मात्रै सहकार्यका लागि छलफल गर्छौ । नत्र छलफल गर्नुको के अर्थ ?’
पहिला कम्युनिष्ट पार्टीको भूमिका हेरेपछि मात्रै कसरी अगाडि बढ्ने भन्ने छलफल गरेर पार्टीले एउटा मार्ग तय गर्ने वरिष्ठ नेता महतोले बताए ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया