आइतबार ०४ जेठ, २०८२
Sunday, May 18, 2025

‘सर्वाेच्चको फैसलाले लोकतान्त्रिक व्यवस्था र संविधान जोगिएको छ’

काठमाडौँ  : नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री नविन्द्रराज जोशीले सर्वोच्च अदालतको संसद विघन बदरको फैसलाले लोकतान्त्रिक व्यवस्था र संविधान जोगिएको बताएका छन् । 

नेपाली कांग्रेस काठमाडौँ महानगरपालिका १५ वडा कार्यसमितिले संसद पुनः स्थापनाको फैसलाको स्वागत र खुसीयालीमा आयोजना गरेको दीप प्रज्वलन कार्यक्रममा बोल्दै जोशीले सर्वोच्चको फैसलाले संविधान मिच्‍न अग्रसर भएका शक्तिहरु समेत पराजित भएको भन्दै संसद विघटनविरुद्ध आवाज बुलन्द गर्ने सबैलाई धन्यवाद प्रकटसमेत गरेका थिए ।

फरक प्रसङ्गमा नेता जोशीले वर्तमान सकारले जनमत गुमाइसकेको र संविधान समेत ट्रयाकमा आइसकेको अवस्थामा संविधानत मङ्सिरमा मुलुक मध्यावधि निर्वाचनमा जानुपर्नेमा जोड दिएका थिए ।