अदालतको आदेश छल्न हतारमा पशुपतिमा सुनको जलहरी
राष्ट्रपतिको उपस्थितिमा मूल शिवलिंगको जलहरीलाई सुनले ढाकियो

काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा पशुपतिनाथको मूल शिवलिंगको जलहरीलाई सुनले ढाकिएको छ । तर, सर्वोच्चअदालतले भने सुनको जलहरी नलगाउन आजै अन्तरिम आदेश जारी गरेको छ ।
बुधबार राष्ट्रपति भण्डारीले पूजा आरधाना गरी पशुपतिनाथको मूल शिवलिंगको जलहरीलाई सुनले ढाकिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकालले जानकारी दिए ।
पशुपतिनाथमा रहेको चाँदीको जलहरी जीर्ण भएकोले त्यही चाँदीको जलहरीलाई सुनको आवरणले ढाकेको उनले बताए । १०८ किलोको सुनको जलहरी राख्न ८० करोड रुपैँया खर्च भएको पनि सदस्य सचिव डा. ढकालले बताए ।
विगत ३ वर्षदेखि निर्माण भइरहेको काम बुधबार सम्पन्न भएको कोषले बताएको छ । सुनको जलहरी अर्पण गर्न विगत पाँच दिनदेखि पशुपतिनाथमा विधिपूर्वक पुजाआजा भइरहेको थियो ।
र यो पनि...
- पशुपतिमा जलहरी रोक्न सर्वोच्चको अन्तरिम आदेश

जिपले च्यापेर बालकको मृत्यु

मकरको रोकिएका काम सुचारु हुने, कुम्भले समाजमा मानसम्मान र प्रतिष्ठा कमाउने

धनगढीमा अविरल वर्षा : दुई हजार घरमा पानी पस्यो, आठ जनाको उद्धार

दरबारमार्गमा चार तलामाथिबाट खसेर दुई मजदुरको मृत्यु

सेवाग्राही नआएपछि बिहानी सेवा बन्द

कटुवा पिस्तोल र दुई थान म्याग्जिनसहित दुई पक्राउ

लुटपाटमा संलग्न पाँच जना पक्राउ

प्रतिक्रिया