आइतबार ०४ जेठ, २०८२
Sunday, May 18, 2025

देउवासँग दाहाल-नेपालको प्रस्ताव : अब सहकार्य गरौँ

काठमाडौँ : नेकपा दाहाल-नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपाल कांग्रेस सभापति शेरबहादुर देउवासँग  सहकार्यको विषयमा छलफल गरेर फर्केका छन् । मंगलबार सर्वाेच्च अदालतले प्रतिनिधि सभा पुनर्स्थापनाको पक्षमा फैसला सुनाएपछि नयाँ सरकार गठनको विषयमा उनीहरुले बुधबार देउवा निवासमै पुगेर छलफल गरेका हुन् ।  

‘नेताहरुबीचको छलफलमा पछिल्लो राजनीतिक घटनाक्रममा सहकार्य गरेर अघि बढ्ने विषयमा छलफल भयो,’ सभापति देउवाका स्वकीय सचिव भानु देउवाले भने, ‘सहकार्य गरेर जानु पर्‍यो भन्‍ने उहाँहरु (दाहाल-नेपाल) को प्रस्तावमा सभापतिले पार्टीमा छलफल गरेर निर्णय गर्ने बताउनु भयो ।’ 

नेकपाको दुई समूहमध्ये कुनसँग सहकार्य गर्ने बारे देउवा स्पष्ट नभएको अवस्थामा दाहाल र नेपालले उनीसँग छलफल गरेका हुन् । यो छलफलसँगै दाहाल-नेपाल समूहले नेकपाभित्रै ओली समूहका अन्य नेताहरुसँग पनि अनौपचारिक छलफल गर्दै दल एकढिक्का बनाउने अवस्था पनि छ । यस्तो अवस्थामा कसरी सहकार्य हुन्छ भन्ने विषयमा देउवासँग छलफल भएको बताइएको छ ।