'प्रधानमन्त्रीले १३ दिनभित्र राजीनामा नदिए गलहत्याइन्छ'

काठमाडौँ : दाहाल-नेपाल समूहकी नेतृ पम्फा भुसालले कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिए गलहत्याएर निकाल्ने चेतावनी दिएकी छन् । बुधबार काठमाडौँमा भएको विजय सभालाई सम्बोधन गर्दै नेतृ भुसालले संविधानको हत्या गर्ने प्रधानमन्त्रीले राजीनामा नदिए १३ दिनभित्र गलहत्याएर निकाल्ने चेतावनी दिएकी हुन् ।
हिजो नै राजीनामा आउने आफुले सोचेको तर नआएको भुसालले बताइन् । ‘मैले त हिजै राजीनामा आउँला भनेको सोचेको थिएँ । तर, आएन । अझै पनि अलिकति नैतिकता भए राजीनामा दिएर ठाउँ खाली गरिनुपर्छ । पशुपतिमा गएको सुनेँ । त्यहाँ क्षमा याचना गर्नुभन्दा जनतासँग क्षमा याचना गर्नुहोस् । प्रधानमन्त्रीले संविधानको हत्या गर्ने अनि राष्ट्रपतिले त्यसको टीका लगाउने गर्नुभयो’भुसालले भनिन् ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया