प्रधानमन्त्रीले गम्भीर गल्ती गरे, कारवाही गर्ने अधिकार संविधानमा व्यवस्था छ : वरिष्ठ अधिवक्ता थापा
'संवैधानिक आयोगहरूमा भएका नियुक्तिहरु स्वतः खारेज'

काठमाडौँ : वरिष्ठ अधिवक्ता शम्भु थापाले राजनीतिक दलहरुले चाहेमा प्रधानमन्त्रीलाई कारवाही गर्न सक्ने बताएका छन् । बुधबार राजधानीमा आयोजीत साक्षत्कारमा उनले प्रतिनिधि सभा विघटन गरेर प्रधानमन्त्रीले गम्भीर गल्ती गरेको प्रमाणित भइसकेकाले प्रधानमन्त्रीलाई कारवाही गर्ने सम्बन्धी अधिकार संविधानमा व्यवस्था भएको बताएका हुन् ।
उनले सर्वोच्चको फैसलाले एउटा नजीर स्थापना गरेको भन्दै अब भविष्यमा कुनै पनि प्रधानमन्त्रीले यस्तो कदम चाल्न नसक्ने तर्क गरे । कसैको चाहनामा प्रतिनिधि सभालाई मार्न नसक्ने सर्वोच्चको फैसलामा उल्लेख गरेको उनको भनाई छ ।
उनले आफैले विघटन गरेको प्रतिनिधि सभा पुन:स्थापना भएको अवस्थामा प्रधानमन्त्रीले राजीनामा गर्नुपर्ने जिकिर गरे । थापाले राष्ट्रपतिले समेत संविधानको मान राख्न नसकेको धारणा राखे । त्यस्तै उनले प्रधानमन्त्रीले आफ्नो पद लम्ब्याउनका लागि नै प्रतिनिधि सभा विघटन गरेको बताए । उनले सर्वोच्चको फैसलाले संविधानवादको रक्षा गरेको धारणा पनि राखे । त्यस्तै उनले संवैधानिक आयोगहरूमा भएका नियुक्तिहरु स्वतः खारेज भएको बताए ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया