'राजीनामा दिन हामी कायर हैन, कुनैपनि हालतमा प्रधानमन्त्रीको राजीनामा आउँदैन'

भक्तपुर : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले कसैले राजीनामा दे भन्दैमा प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिने स्पष्ट पारेका छन् । सिटिइभीटीको ३३ र्औ वार्षिकउत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले अहिलेको अवस्थामा प्रधानमन्त्री ओलीले कुनैपनि हालतमा राजीनामा नदिने बताएका हुन् ।
‘राजीनामा दिने हामी कायर हो, कुनैपनि हालतमा राजीनामा आउँदैन । प्रधानमन्त्रीले अविश्वासको प्रस्ताव फेस गर्नुहुन्छ,’ उनले भने । संसद सुचारु भएपछि प्रकृयामा जाने र सोही आधारमा प्रधानमन्त्रीले फेस गर्ने उनको भनाइ छ । ‘अदालतले गरेको निर्णयलाई हामीले सम्मान गर्छाँैै तर यो निर्णयले झन् विवाद बढाएको,’ उनले भने, ‘हामी जनताबाट आएका हौ, जनताले नै अहिलेको संकटकालीन अवस्थाको मुल्याङकन गर्नेछन् ।’ उनले प्रधानमन्त्री केपी ओली नै रहिरहने र ओलीले नै निर्वाचन गराउने पनि बताए ।
अदालतको फैसलाले राजनीतिक मैदान खुला भएको र आफूहरु मैदानमा उत्रिएको उनको भनाइ छ । ‘अदालतको फैसलाबाट राजनीतिक मैदान खुला भएको छ । हामी मैदानमा उत्रिएका छौ, खेल खेल्ने तयारीमा छौ, हामीले गोल गरेरै देखाउछौँ,’ उनले भने, ‘हामीसँग नेपालको राजनीतिमा पेले छन् ,रोनाल्डो छन् , म्यारोडोना र मेसी हामीसँगै छनत्यसैले हामीलाई कुनै समस्या छैन ।’
उनले प्रधानमन्त्रीले राजीनामा दिनेहरुलाई अविश्वासको प्रस्ताव ल्याएर हटाउन चुनौती पनि दिए । ‘नैतिकताको आधारमा मन्त्रीले राजीनामा दिनुपर्छ भन्दै फेसबुकमा स्टाटस लेख्ने र सडकमा कुर्लिनेहरुलाई सरकारको तर्फबाट मेरो यो जवाफ छ कि सक्छौ भने अविश्वासको प्रस्ताव ल्याएर हटाएर देखाउ’ उनले भने ।

परराष्ट्रमन्त्री देउवासँग जापानका उपविदेशमन्त्रीको भेट

जलवायुको असर हिमाली क्षेत्रमा धेरै, क्षतिपूर्तिका लागि विश्वको ध्यानाकषर्ण

डोटी पुगेर प्रचण्डले भने- जनबलमा सत्तामा पुग्यौँ

रेमिट्यान्सका नाममा अवैध पैसा भित्रिरहेको आशंका छ : शेखर कोइराला

गृहमन्त्री लेखक र पर्यटनमन्त्री पाण्डे सगरमाथा आधार शिविरमा

नेपालमा कुनै संकट छैन : प्रधानमन्त्री ओली

कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध गर्न जरुरीः अध्यक्ष नेपाल

प्रतिक्रिया