अमृत गुरुङको प्रश्न : संविधानको हत्या गर्न खोज्नेलाई कुन कानून लाग्ला श्रीमान ?
काठमाडौँ : नेपत्थ्यका अमृत गुरुङले संविधानको हत्या गर्न खोज्नेलाई पनि कानून लाग्नुपर्ने तर्क गरेका छन् । प्रतिनिधि सभा पुन:स्थापना भएको सर्वोच्च अदालतको निर्णय आएसँगै बुधबार गायक गुरुङले संविधानको हत्या गर्न खोज्नेलाई कुन कानून लाग्ला श्रीमान ? भन्दै प्रश्न गरेका छन् ।
गुरुङले संविधान अन्तर्गत रहेका हामी स्वतन्त्र देशका नागरिकले ‘संविधानको जित’ भएको महशुस गर्नुपर्ने र हर्ष मान्नुपर्ने विडम्बना भएको उल्लेख गरेका छन् । 'संविधान अन्तर्गत रहेका हामी स्वतन्त्र देशका नागरिकले, ‘संविधानको जित’ भएको महशुस गर्नुपर्ने ...हर्ष मान्नुपर्ने... यो कस्तो विडम्बना' उनले ट्वीट गरेका छन् 'संविधानको हत्या गर्न खोज्नेलाई कुन कानून लाग्ला श्रीमान ?'
संविधान अन्तर्गत रहेका हामी स्वतन्त्र देशका नागरिकले, ‘संविधानको जित’ भएको महशुस गर्नुपर्ने ...हर्ष मान्नु पर्ने... यो कस्तो विडम्बना । संविधानको हत्या गर्न खोज्नेलाई कुन कानून लाग्ला श्रीमान ?
— Amrit Gurung (@amritnepathya) February 24, 2021

सन्नी देओलको बोर्डरः २ को सकियो सुटिङ

‘सितारे जमीं पर’ले कमायो १५४ करोड, बन्यो १५० करोड कटाउने ६५ औं चलचित्र

‘जाने भए जाम माया’ युट्युबमा सर्वाधिक हेरिएको गीत

सट्टेबाजी एप्स प्रचारमा दक्षिण भारतका १९ चर्चित कलाकारको संलग्नता, गरियो मुद्दा…

भीएस बिच रनवे २०२५ : समुद्र किनारमा फेसन, सङ्गीत र आत्मविश्वासको रंगीन समागम

कमेडियन कपिल शर्माको क्याफेमा गोली प्रहार, आतंकवादी समुहको संलग्नता

महिला फुटबलका प्रशिक्षकमाथि गायिका झुमाले गरिन 'त्यस्तो नाथे खुइले बाँदर' अभ…

प्रतिक्रिया