ओलीमा अलिकति पनि नैतिकता छैन : भीम रावल

धनगढी : नेकपा दाहाल-नेपाल समूहका सुदूरपश्चिम इन्चार्ज भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीमा अलिकति पनि नैतिकता बाँकी नरहेको बताएका छन् । बुधबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै रावलले भने, ‘केपी शर्मा ओलीले गरेको काम असंवैधानिक र गलत छ भनेर सर्वोच्च अदालतले भनिसकेपछि उहाँमा नैतिकता अलिकति पनि बाँकी छ भने उहाँले तत्काल राजिनामा दिनुपथ्र्यो । तर उहाँले नैतिक धरातलका सम्पूर्ण पर्खाल भत्काइसक्नुभएको छ ।’
उनले सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय बदर गरेसंगै ओलीले तत्काल पद छोड्नुपर्ने जिकिर गरे । अंसैवधानिक कदमको आत्मआलोचना गरी प्रधानमन्त्रीबाट राजीनामा दिए ओलीप्रति पार्टी सकारात्मक हुनसक्ने बताउँदै उनले अगाडि भने, ‘केपी शर्मा ओलीले राष्ट्रका सामु माफ गर्नुस भन्दै नैतिकताका आधारमा प्रधानमन्त्रीबाट राजीनामा दिनुभयो भने केही सकारात्मक बन्न सकिन्छ ।’
नेता रावलले १३ दिनभित्र संसद बैठक बोलाउन सर्वोच्चको आदेश वमोजिम प्रतिनिधि सभा अगाडी बढ्ने बताए । उनले भने, ‘अब अहिलेको अवस्थामा सरकार गठन गर्ने कुरा भन्दा पनि लोकतन्त्रको रक्षा गर्नु प्रमुख कुरा हो । संसद बैठक चलाउनेतर्फ हाम्रो ध्यान केन्द्रित हुन्छ ।’

विधान महाधिवेशनमा केन्द्रित हुन महासचिव पोखरेलको निर्देशन

कांग्रेस बैठकमा समसामयिक विषयमा छलफल जारी

रास्वपाको सचिवालय बैठकले गर्यो यस्तो निर्णयहरु

कोइरालाले चौधरीलाई लक्षित गर्दै भनेः पार्टीलाई चन्दा दिएकै भरमा सबैले नेता म…

संविधानको महत्त्वपूर्ण कुरा उल्टाउने प्रयास हुँदैछः अध्यक्ष प्रचाण्ड

नेकपा एसले रामकुमारी झाक्रीलाई सोध्यो स्पष्टीकरण

राप्रपाले रुपन्देही ३ को उपनिर्वाचनका लागि उम्मेदवारको सूची पठाउन दियो निर्दे…

प्रतिक्रिया