ओली समूहको सुर्खेत र पोखरामा हुने जनसभा स्थगित
काठमाडौँ : प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली पक्षीय नेकपाले सुर्खेत र पोखरामा गर्ने जनसभा स्थगित भएका छन् । प्रतिनिधि सभा विघटन र चुनावको पक्षमा माहोल बनाउन देशका विभिन्न शहरमा जनसभा गर्दै आएको ओली समूहले फागुन १४ गते सुर्खेतमा र १५ गते पोखरामा वृहत् जनसभा गर्ने कार्यक्रम थियो ।
तर मंगलबार सर्वोच्चले प्रतिनिधि सभा पुनःस्थापनाको पक्षमा फैसला गरेपछि ओली समूहका आगामी कार्यक्रम स्थगित भएका हुन् । सर्वोच्चको फैसलाले प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपतिले गएको पुस ५ गते गरेको प्रतिनिधि सभा विघटनको निर्णय बदर गरेको थियो ।
प्रतिनिधि सभा पुनःस्थापना भएसँगै ओली नैतिक रुपमा संकटमा छन् । यस्तो अवस्थामा तामझामका साथ विभिन्न जिल्ला र सहरमा गर्न लागिएका सभाहरु स्थगित गर्न थालिएको हो । पोखरामा फागुन १५ गते हुने जनसभाका लागि सबै तयारी स्थगित गरिएको ओली समूहका नेकपा गण्डकीका सचिव गोविन्द नेपालीले बताए ।
उनका अनुसार पोखरामा हुने १५ गतेको जनसभामा १ लाख २० हजार कार्यकर्ता उतार्ने तयारी थियो । यस्तै सुर्खेतमा हुने फागुन १४ गतेको जनसभा पनि स्थगित भएको छ । वीरेन्द्रनगरमा र्यालीसहित गर्ने भनिएको जनसभा तत्कालका लागि स्थगित गरिएको कर्णाली प्रदेशका ओली समूहका नेताहरुले बताएका छन् ।
बुधबार बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले गर्ने निर्णयअनुसार आगामी कार्यक्रम तय गरिने ओली समूहका नेताहरुको भनाई छ ।

विधान महाधिवेशनमा केन्द्रित हुन महासचिव पोखरेलको निर्देशन

कांग्रेस बैठकमा समसामयिक विषयमा छलफल जारी

रास्वपाको सचिवालय बैठकले गर्यो यस्तो निर्णयहरु

कोइरालाले चौधरीलाई लक्षित गर्दै भनेः पार्टीलाई चन्दा दिएकै भरमा सबैले नेता म…

संविधानको महत्त्वपूर्ण कुरा उल्टाउने प्रयास हुँदैछः अध्यक्ष प्रचाण्ड

नेकपा एसले रामकुमारी झाक्रीलाई सोध्यो स्पष्टीकरण

राप्रपाले रुपन्देही ३ को उपनिर्वाचनका लागि उम्मेदवारको सूची पठाउन दियो निर्दे…

प्रतिक्रिया