काठमाडौं महानगरले भन्यो : खाना घरमा लगेर खुवाउनू, सडकमा पाइन्न

काठमाडौं : काठमाडौं महानगरपालिकाले सडकमा खाना खुवाउने अभियानलाई रोक्न आदेश दिएको छ । काठमाडौं नगर प्रहरीले खाना खुवाउँदै आएका अभियन्तालाई फोन गरेर अबदेखि खाना नखुवाउन भनेको अभियन्ता दिपेश धुन्जुले बताए ।
नगर प्रहरी महाशाखाका प्रमुख धनपति सापकोटाले फोन गरेर ‘माथिबाट आदेश आएकोले सडकमा खाना नखुवाउनु’ भनेर आदेश दिएको उनले बताए । खाना नखुवाउन आदेश दिएको भन्ने खबर सुनेपछि अर्का अभियान्ता बिमल पन्तले नगरपालिकाका एक कर्मचारीलाई फोन गरेका थिए । ति कर्मचारीले पनि ‘सडकमा खाना खुवाउँदा सरकारको बेइज्जत भयो’ भन्दै बिमलको टोलीलाई भोलि (मंगलबार)बाट सडकमा खाना नखुवाउन आदेश दिए ।
‘ति कर्मचारीले सडकमा भोलिबाट खाना नखुवाउनु, खुवाउनुपरे आफ्नो घरमा लगेर खुवाउनु भन्नुभएको छ,’ बिमलले भने, ‘हामीले खाना रोके मानिसहरु भोको पर्छन् । त्यसैले हामी भोलि पनि त्यहीँ खाना लिएर जान्छौँ, खुवाउँछौँ । जसलाई समस्या हुन्छ, उसले प्रधानमन्त्री कार्यालयमा लगेर हुन्छ कि, पार्टी प्यालेसमा राखेर हुन्छ, उनीहरुलाई खाना त खुवाउन पर्यो ।’
चैत्र १४बाट हन्ड्रेड गु्रपले सुरु खाना वितरण सुरु गरेको थियो । महालक्ष्मीथान, पशुपति, खुल्लामञ्च लगायत झन्डै दर्जन मठमन्दिरमा उनीहरुले निःशुल्क खाना खुवाइरहेका छन् । अहिले दैनिक रुपमा लगभग हजार जनाले उनीहरुले वितरण गरेको खाना खान्छन् । आठ महीनादेखि उनीहरुले निरन्तर खाना खुवाइरहेका छन् । अहिले एकाएक खाना नखुवाउन आदेश दिएपछि भने उनीहरु पनि दुःखी छन् ।
‘सरकारको आदेशले हामी दुःखी छौँ किनकी हामीकहाँ खाना खान काखमा बच्चा बोकेर महीलाहरु आउनुहुन्छ । बालबालिका, विद्यार्थीहरु, मजदुरहरु, विद्यार्थीहरु आउनुहुन्छ,’ बिमल भन्छन्, ‘एकाएक खाना नखुवाउन निर्देशन दिएको सुनेपछि मुटु नै अमिलो भएको छ ।’

श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

मत्स्य केन्द्र कुलेखानीद्वारा ६ लाख १७ हजारको माछा बिक्री

१५ दिनमा २० जनामा डेङ्गु सङ्क्रमण
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_A3DxqOYBXA_qydzohbuqx6qc3soelnfq5co1vrusc2sapiwh0wix5cuvjp9wu5xfatfdgue_rc0WBSrQ3y_bicqfkfdwtxyo171jxygaxdpb3agvkbbo5beapjhuxwgpi7boltnklxtt48i_KBqAHzumYr_bugauevmqxkps2npfc8nqhpwfag9j8yhyfieqfcbra38ilk0hsuaeztf4uk0_LzBVp1uRNc_y0gfidvev0ogaaklctwbfya2wxdxthsvcwslxpsxrrbfbrcuuwjei0f0y7sf_S23lRROGx6_rf8ps4icgym8zybnv16toukd6ofz89h6ykvgel4lxqwraxahhqigui6cnqix_SeLjgJWGwp_tvs7hwmmpmvkp9en94qu6w8s44duvwi589rwg9q7uwrcgcto38iltvyytq7u.jpg)
विपद्जन्य घटनाबाट बागमती प्रदेश बढी प्रभावित

बागमतीका अधिकांश बहुवर्षीय योजना सम्पन्न

ट्राफिक कारबाहीः दुई करोड ४१ लाख राजस्व सङ्कलन

काँग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा बानियाँ निर्वाचित

प्रतिक्रिया