आइतबार २९ असार, २०८२
Sunday, July 13, 2025

प्रधानमन्त्री ओलीले तुरुन्त राजीनामा दिनुपर्छ : बामदेव गौतम

प्रतिनिधि सभा अधिवेशन आह्वान गर्न राष्ट्रपतिसँग आग्रह

काठमाडौँ : नेकपाका उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट तुरुन्त राजीनामा दिनुपर्ने बताएका छन् । सर्वोच्चले प्रतिनिधि सभा विघटनको मुद्दामा सुनुवाइ गर्दै सरकारको निर्णय बदर गरेकाले अब नैतिकताका आधारमा प्रधानमन्त्री ओलीले तुरुन्तै राजीनामा दिनुपर्ने गौतमको भनाई छ । साथै उनले राष्ट्रपति भण्डारीले प्रतिनिधि सभाको अधिवेशन आह्वान गर्नुपर्ने बताएका छन् ।

‘सम्माननिय राष्ट्रपति महोदयले प्रेष विज्ञप्ति वाट संवैधानिक इजलासको निर्णयलाई हार्दिक स्वागत गर्दै प्रतिनिधि सभा अधिवेशन आह्वान गर्नुपर्छ’ उनले जारी गरेको विज्ञप्तीमा भनेका छन्, ‘प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट ढिला नगरी तुरुन्त राजिनामा दिनु पर्छ।’

साथै उनले अध्यक्षको हैसियतले ओली र पुष्पकमल दाहालले नेकपाको सचिवालय बैठक बोलाउनुपर्ने बताएका छन् । धुम्बाराहीमा सचिवालयको बैठक बोलाएर अहिलेको राजनीतिक संकटको समाधान गर्नुपर्ने गौतमको भनाई छ ।