बाथरुम जाँदा मोबाइल लैजाने बानी त छैन ?

काठमाडौँ : स्मार्टफोन, ल्यापटप, कम्प्युटर, ट्यावलेट जस्ता ग्याजेटसँग हामी निकै नजिक छौँ । आजभोलि हाम्रो दैनिकी यिनै ग्याजेटबाट सुरु भएर ग्याजेटमै अन्त्य हुन्छ । सामान्यतया दिनमा कति समय यस्ता ग्याजेट (इलेक्टोनिक उपकरण)मा समय बित्छ हामीलाई पत्तै हुँदैन ।
अत्याधिक स्क्रिन समय बिताउँदा धेरैलाई विभिन्न प्रकारको स्वास्थ्य समस्या देखापर्छन् । यसबाट मोटोपन, मधुमेह, आँखाको समस्या, रक्ताचाप बढ्ने, आलस्यता, ‘डिप्रेसन’ र निद्रा नलाग्ने जस्ता समस्याहरू उत्पन्न हुने विभिन्न अध्ययनले देखाएको छ । यस्तो लत बसिसकेकाले चाहेर पनि स्क्रिन समय घटाउँन सक्दैनन् । स्वस्थ्य जीवनको लागि स्क्रिन समय घटाउन अत्यावश्यक छ । यी हुन् स्क्रिन समय घटाउने सजिला पाँच उपाय :
कति समय स्क्रिनमा बिताउनुहुन्छ रेकर्ड राख्नुहोस्
हामीले दिनमा कति समय स्क्रिनमा बिताउँछौँ याद गर्नुपर्छ । यसले स्क्रिन टाइम घटाउने मद्दत गर्छ । मोबाइलको स्क्रिन समय घटाउन प्ले स्टोरमा गएर ‘स्क्रिन टाइम ट्रयाकर’ एप्लिकेसन डाउनलोड गर्न सकिन्छ । त्यसले हामीले दिनमा कति समय मोबाइलमा बिताउँछौँ देखाउँछ । एपले धेरै समय मोबाइल चलाएको देखायो भने हामीले त्यसबाट स्क्रिन समय नियन्त्रण गर्न सघाउँछ ।
बाथरुम जाँदा फोन नलैजानुहोस्
धेरैको बानी बाथरुम जाँदा पनि फोन लैजाने हुन्छ । यो एकदमै नराम्रो बानी हो । फोन लगेपछि हामीले अन्य बेलाभन्दा बढी समय बाथरुममा बिताउँछौँ । सामाजिक सञ्जाल र युट्युब भिडियोले मानिसलाई बाँधेर राख्छ । कतिपयको बानी बाथरुममा बसेर गेम खेल्ने पनि हुन्छ । यसो गर्नाले हामीले नजानिदो पाराले आफ्ना समय स्क्रिनमा बिताइरहेका हुन्छौँ । त्यसैले, स्क्रिन टाइम घटाउने हो भने बाथरुम छिर्दा फोन बाहिरै राखेर जानुपर्छ । यसले स्क्रिन समय घटाउनुको साथै कहिलेकाहीँ ग्याजेट बाथरुमभित्र छिर्ने समस्याको पनि समाधान गर्छ ।
परिवारसँग समय बिताउँदा मोबाइल नचलाउनुहोस्
परिवारसँग समय बिताउँदा सकेसम्म मोबाइल प्रयोग गर्नुहुँदैन । परिवारिक छलफल चलिरहेको बेला मोबाइल चलाउने बानी धेरैको हुन्छ । यस्तो बानीले उनीहरूलाई परिवारका सदस्यबाट बिस्तारै टाढा बनाउँछ । परिवारसँग समय बिताइरहेको बेला आवश्यक परेमा मात्र मोबाइल चलाउनुपर्छ । स्क्रिन समय घटाउन घरमा खाना बनाउने, सरसफाइ गर्ने, बगैँचाको काम गर्ने जस्ता गतिविधिमा सहभागी हुन सकिन्छ ।
मोबाइल लैजान नमिल्ने ठाउँहरू तोक्नुहोस्
हामी बाथरुम, बेडरुम र किचन जता जान्छौँ मोबाइल उतै लैजान्छौँ । यसले पनि हाम्रो स्क्रिन समय बढाइरहेको हुन्छ । यी मोबाइल चलाउने ठाउँ होइनन् । डाइनिङ टेबलमा खाना खादै मोबाइल चलाउने बानी छ भने त्यो परिवर्तन गर्नुपर्छ । त्यस्तै, बेडरुममा मोबाइल लैजादा सुत्ने र उठ्ने समयको टुङ्गो हुँदैन । त्यसैले, बेडरुम जाँदा सकेसम्म मोबाइल बेडभन्दा केही पर थन्काएर जानुपर्छ । त्यसले हाम्रो निन्द्राको तालिकालाई अनुसासित बनाउँछ । र, स्क्रिन टाइम घटाउँछ ।
अनावश्यक ‘एप’हरू अनस्टल गर्नुहोस्
मोबाइलमा हामीसँग जतिधेरै ‘एप’ हुन्छ उति धेरै मोबाइल चलाउन मन लाग्छ । त्यसैले, मोबाइलमा हामीले सकेसम्म आफूलाई आवश्यक पर्ने ‘एप’मात्र राख्नुपर्छ । स्क्रिन टाइम ट्रयाकरले हामीले कुन ‘एप’ सबैभन्दा बढी चलाउँछौँ त्यो देखाउँछ । यसले हामीलाई ति ‘एप’ नियन्त्रण गरेर चलाउन मद्दत गर्छ र, स्क्रिन टाइम घटाउँछ ।

चन्द्रागिरिका तीन वडा पहिरोको उच्च जोखिममा

जग्गा किर्तेमा संलग्न समाजवादीबाट निर्वाचित वडाध्यक्ष पक्राउ

पत्रकार महिलाहरूको अक्षयकोषमा ५१ लाख सङ्कलन

बाघको आक्रमणबाट एक जनाको मृत्यु

पूर्व राजाका संवाद सचिव फणिराज पाठक छुटे

नक्कली पेस्तोल देखाएर मुख थुन्दै लुट्ने चार जना युवा पक्राउ

राजश्व परामर्श समितिको बैठक सम्पन्न, २५ अर्बको बजेट सिमा

प्रतिक्रिया