ओली समूहको स्थायी कमिटी बैठक बस्दै

काठमाडौँ : कामचलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपाको स्थायी कमिटी बैठक आज बस्दैछ । बैठक बिहान ११ बजेपछि बालुवाटारमा बैठक बस्न लागेको हो ।
प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री ओलीको निर्णय सर्वोच्च अदालतले बदर गरिदिएपछि त्यसबारे छलफल गर्न स्थायी कमिटी बैठक बस्न लागेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले इकागजलाई जानकारी दिए ।
नेकपाको ४४ सदस्यीय स्थायी कमिटीमा ओली पक्षका १६ जना सदस्य छन् । यसअघि नेकपा विभाजनमा पुगेपछि ओली र दाहाल-नेपाल पक्षको स्थायी कमिटी बैठक छुट्टाछुट्टै रुपमा बस्दै आएको थियो ।

एमाले सचिवालय बैठक बस्दैँ

अर्थसहित ४ समितिको बैठक बस्दैँ

आर्थिक सुधारको प्रयास निरन्तर जारी छ : अर्थमन्त्री पौडेल

लोकतन्त्रमा वंशवादको स्थान छैन : ईश्वर पोखरेल
ब्रिटिस गोर्खालगायत विदेशिएका नेपालीलाई नागरिकता दिने वातावरण बनाउँछौँ : ख…

कांग्रेसले नीति तथा कार्यक्रममा रचनात्मक सुझावसहित समर्थन गर्ने

आँखा चिम्लिएर अहिलेको संविधानलाई समर्थन गर्न सक्दैनौँ : पूर्वप्रधानमन्त्री खनाल

प्रतिक्रिया