जर्जियाका प्रमुख विपक्षी नेता गिरफ्तार

तिब्लिसी : जर्जियाली प्रहरीले मंगलबार यहाँको विपक्षी दलको मुख्यालयबाट प्रमुख विपक्षी नेतालाई पक्राउ गरेको छ ।
नेता निका मेलियालाई दलको कार्यालयमा पुगी पक्राउ गर्ने क्रममा दलका नेता तथा कार्यकर्ता र सुरक्षाकर्मीबीच दोहोरो झडपसमेत भएको सरकारी अधिकारीले बताएका छन् । उक्त अवसरमा प्रहरीले भीडलाई नियन्त्रणमा लिन केही राउण्ड अश्रुग्यास समेत चलाएको बताइएको छ ।
विपक्षी नेताको पक्राउपछि गत वर्ष सम्पन्न भएको भनिएको विवादित संसदीय निर्वाचनपछि जारी राजनीतिक संकटलाई अझ गम्भीर बनाउने अनुमान अधिकारकर्मीहरूले गरेका छन् ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय टेलिभिजनमा देखिउका प्रत्यक्ष दृश्यमा जर्जियाको प्रमुख विपक्षी गठबन्धन, ‘यूनाइटेड नेशनल मुभमेन्ट’, का नेता निका मेलियालाई दलको केन्द्रीय कार्यालयबाट पक्राउ गरेर हिरासतमा लगिएको देखिएको छ ।
यसैबीच सयौं दङ्गा प्रहरीले उनका समर्थकहरू र बुधवारदेखि भवनमा डेरा गरी रहेका देशका सबै विपक्षी दलका नेताहरू विरूद्ध अश्रु ग्यास प्रयोग गरेको एमतावारी टिभीले प्रत्यक्ष दृष्यचित्रहरूमा देखाइएको छ । (एएफपी)

'कम्बोडियामा क्यान्सरबाट हरेक दिन ३८ जनाको मृत्यु'

एक महिनामा दुई लाख ५० हजारभन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता

गाजामा भएको इजरायली हमलामा १९ जनाको मृत्यु

विदेशमा निर्माण हुने सबै चलचित्रमाथि सतप्रतिशत कर लगाउन ट्रम्पको आदेश

नुनकाे ढिकाेका कारण पाकिस्तानसँग झुक्नु पर्ने हुन्छ भारतले

अष्ट्रेलियामा बिपक्षी नेताले नै हारे चुनाव, २० बर्ष पछि लेवर पार्टी बहुमतमा

अमेरिकाद्वारा युक्रेनलाई तीन अर्ब १० करोड बराबरको सैन्य सहयोग घोषणा

प्रतिक्रिया