प्रधानमन्त्रीले तत्काल राजीनामा दिनुहुन्न : सल्लाहकार थापा

काठमाडौँ : प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री केपी ओलीले तत्काल राजीनामा नदिने बताएका छन् । सामाजिक सञ्जालमा स्टाटस लेख्दै सल्लाहकार थापाले प्रधानमन्त्री ओलीले तत्काल राजीनामा नदिने बताएका हुन् ।
'प्रधानमन्त्रीले प्रतिनिधिसभाको सामना गरेर नै फैसला कार्यान्वयन गर्नुहुन्छ' थापाले लेखेका छन् 'तत्काल राजीनामा दिनुहुने छैन ।' त्यस्तै थापाले संसद् पुन:स्थापना गर्ने सर्वोच्च अदालतले गरेको फैसला विवादास्पद भएको उल्लेख गरेका छन् । 'सर्वोच्च अदालतले गरेको फैसला विवादास्पद छ, तर मान्नुपर्छ । र, कार्यान्वयन गर्नुपर्छ' थापाले लेखेका छन् 'यसका दुष्प्रभावहरू भविष्यमा देखिँदै जाने निश्चित छ । यसबाट राजनीतिक समस्याहरूको कुनै हल हुने अवस्था पनि छैन । बरू अस्थिरता अझै बढ्ने छ । सत्ताको खेल बढ्नेछ ।'
सर्वाेच्च अदालतले गरेकाे फैसला विवादास्पद छ, तर मान्नुपर्छ । र, कार्यान्वयन गर्नुपर्छ । यसका दुष्प्रभावहरू भविष्यमा...
Posted by Prime Minister's Press Advisor on Tuesday, 23 February 2021
ओलीको सिफारिसमा पुस ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरे पनि उक्त निर्णय मंगलबार सर्वोच्च अदालतको संवैधानिक इजलासले बदर गरेको थियो । बदरसँगै विभिन्न दलका नेताहरूले प्रधानमन्त्रीले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने प्रतिक्रिया दिएका थिए ।

परराष्ट्रमन्त्री देउवासँग जापानका उपविदेशमन्त्रीको भेट

जलवायुको असर हिमाली क्षेत्रमा धेरै, क्षतिपूर्तिका लागि विश्वको ध्यानाकषर्ण

डोटी पुगेर प्रचण्डले भने- जनबलमा सत्तामा पुग्यौँ

रेमिट्यान्सका नाममा अवैध पैसा भित्रिरहेको आशंका छ : शेखर कोइराला

गृहमन्त्री लेखक र पर्यटनमन्त्री पाण्डे सगरमाथा आधार शिविरमा

नेपालमा कुनै संकट छैन : प्रधानमन्त्री ओली

कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध गर्न जरुरीः अध्यक्ष नेपाल

प्रतिक्रिया