शनिबार ०३ जेठ, २०८२
Saturday, May 17, 2025

सहकार्यका लागि शेरबहादुर देउवा र अन्य दलसँग छलफल भइरहेको छ : पुष्पकमल दाहाल

फाइल तस्बिर

काठमाडौँ  : नेकपाको दहाल-नेपाल खेमाले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्व नेकपा खेमा बाहेक सबै राजनीतिक दलसँग संसद् प्रक्रियाबारे परामर्श अछि बढाएको छ । राजनीतिक स्थायीत्व दिनका लागि के गर्न सकिन्छ भन्दै सहकार्यमा अघि बढ्न परामर्श अघि बढाएको दाहाल-नेपाल खेमाका अध्यक्ष पुष्पकमल दाहालले जानकारी दिएका हुन् । 

उनले कांग्रेस सभापति शेरबहादुर देउवा र अन्य दलका नेताहरुसँग कुराकानी भइसकेको जानकारी दिएका छन । सरकार पक्षधर भनिएर चिनिएकाले सर्वोच्चको फैसला बारे अध्ययन नै नगरेको भनिरहँदा दाहाल पक्षधर राजनीतिक छलफलमा जुट्दै सहकार्यबारे कुराकानी गरेका हुन् । उनीहरुले ओलीसँग कुनै पनि प्रकारको सहकार्य नहुने भन्दै अन्य दलका नेतासँग छलफल अघि बढेको खुसी साट्ने काम भएको बताएका हुन् । 

उनीहरू (दाहाल-नेपाल खेमा) ले अन्य दलहरुसँग बुधबार साँझ छलफल गर्ने भएका छन् । दाहाल-नेपाल खेमाले तत्काल राष्ट्रपति विद्यादेवी भण्डारीको विषयमा नसोचेको भएपनि प्रधानमन्त्री ओलीलाई भने बालुवाटारबाट विदा गर्ने तयारी गर्दै यस्तो छलफल अघि बढाएका हुन । प्रधानमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव पेस यसअघि नै भएको र दल आधिकारीका रुपमा नफुटेको हुनाले यसमा फरक ढंगले प्रक्रिया अघि बढ्न सक्ने दाहाल निकट स्रोतले दाहाललाई उद्धृत गर्दै बताए । 

अदालतको निर्णय फरक आएमा आन्दोलन गर्ने धम्कि समेत दुई दिन अघि दिएका प्रधानमन्त्री ओली मंगलबारको निर्णय आउँदा आफ्नो ७० औँ जन्मदिवस मनाइरहेका थिए । दाहालले प्रधानमन्त्रीलाई बालुवाटारमा एक छिन पनि बस्नै नैतिक अधिकार नभएको भन्दै बताउँदै संसद्मा नै सबै छिनोफाने हुने स्पष्ट पारे ।