शनिबार ०३ जेठ, २०८२
Saturday, May 17, 2025

अदालतको फैसलाले पद्धती बच्यो : सिंह

फाइल तस्बिर

काठमाडौँ : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सर्वोच्‍च अदालतको फैसलाले जनताको त्याग र बिलदानबाट आएको पद्धतीको रक्षा भएको बताएका छन् । 

सरकारको प्रतिनिधि सभा विघटन गर्ने निर्णय सर्वोच्‍चले बदर गरेपछि प्रतिक्रिया दिंदै नेता सिंहले संविधानको मर्म र भावना अनुसार फैसला आएको बताए । 

'सर्वोच्‍च अदालतको आजको ऐतिहासिक निर्णय, संविधानको मर्म र भावना अनुसार  निर्णय भएको छ। फेरि एकपटक विधिको शासनको जित भएको छ,' नेता सिंहले भने ।