प्रधानमन्त्रीले नैतिकताको आधारमा तत्काल राजीनामा दिनुपर्छ : कांग्रेस नेता कोइराला

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले नैतिकताको आधारमा तत्काल राजीनामा दिनुपर्ने नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले बताएका छन् । सर्वोच्च अदालतले प्रधानमन्त्री ओलीले गरेको प्रतिनिधि सभा विघटनको निर्णयलाई असंवैधानिक भन्दै बदर गरेपछि डा. कोइरालाले त्यस्तो प्रतिक्रिया दिएका हुन ।
‘प्रधानमन्त्रीको कदम सरासर असंवैधानिक र अलोकतान्त्रिक हो भन्दै आएका थियो । पहिलो दिनबाटै यो कदमको विरोध हामीले गर्दै आएका थियौँ, उनले भने, ‘अदालतको फैसलालाई पर्खन र धैर्य गर्न हामी बाध्य थियौँ तर पनि हामीले विघटनको विरोध गरिरहेका थियौँ ।’ कोइरालाले अदालतले कुनै पनि दबाब र प्रभावमा नपरी फैसला सुनाएर आफ्नो छवि उँचो बनाएकाे बताए ।
उनले अदालतले दिएको फैसाला आमजनताको पक्षमा भएको पनि बताए । ‘राजनीतिक नेतृत्वले ख्याल गर्नपर्ने भनेको अव सरकारले कस्तो कदम चाल्छ भन्नेमामा हामी सतर्क भएर अघि बढ्न आवश्यक छ,’ उनले भने, ‘मलाई लाग्छ प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयास समेत गर्न सक्न्छन् त्यो राम्रो होइन उहाँले तत्काल राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्छ ।’ प्रधानमन्त्रीको असंवैधानिक कदममा साथ दिने राष्ट्रपति विद्यादेवी भण्डारीले पनि आम जनतासँग माफि माग्नुपर्ने अवस्था छ ।

परराष्ट्रमन्त्री देउवासँग जापानका उपविदेशमन्त्रीको भेट

जलवायुको असर हिमाली क्षेत्रमा धेरै, क्षतिपूर्तिका लागि विश्वको ध्यानाकषर्ण

डोटी पुगेर प्रचण्डले भने- जनबलमा सत्तामा पुग्यौँ

रेमिट्यान्सका नाममा अवैध पैसा भित्रिरहेको आशंका छ : शेखर कोइराला

गृहमन्त्री लेखक र पर्यटनमन्त्री पाण्डे सगरमाथा आधार शिविरमा

नेपालमा कुनै संकट छैन : प्रधानमन्त्री ओली

कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध गर्न जरुरीः अध्यक्ष नेपाल

प्रतिक्रिया