६ महिनामा वैदेशिक रोजगारीमा ४१३ को मृत्यु

काठमाडौँः चालु आर्थिक वर्षको पहिलो ६ महिना (साउन–पुस)मा वैदेशिक रोजगारमा ४१३ नेपालीको मृत्यु भएको छ । यी मध्ये ४०६ पुरुष र ७ जना महिला रहेको वैदेशिक रोजगार बोर्डले जनाएको छ । पछिल्लो चार वर्षमा वैदेशिक रोजगारमा दुई हजार ६ सय ४३ जनाको वैदेशिक रोजगारीका गन्तव्यमै मृत्यु भैसकेको छ ।
वैदेशिक रोजगारीमा मृत्यु भएका नेपालीहरूको शव परिवारको चाहना बमोजिम नेपाल ल्याउने वा उतै अन्त्येष्टी गर्ने काम भइरहेको बोर्डका प्रवक्ता दीनबन्धु सुवेदीले बताए ।
आर्थिक वर्ष २०७५–७६ मा सरकारले पाँच वर्षभित्र वाध्यात्मक वैदेशिक रोजगारी अन्त्य गर्ने घोषणा गरेको थियो । बाध्यात्मक वैदेशिक रोजगारी अन्त्य गर्ने भनिएपनि स्वदेशमा रोजगारी सिर्जना गर्न सरकारले कुनै पहल गरेको छैन । गत आर्थिक वर्षमा र यस वर्ष भने कोरोना भाइरस महामारीका कारण वैदेशिक रोजगारमा जानेहरूको संख्या घटेको छ । कोभिड–१९ महामारीपछि श्रम गन्तव्यहरूमा रोजगारी गुमाएर ठूलो संख्यामा नेपालीहरू स्वदेश फर्कने अनुमान गरिएको थियो । महामारीका कारण सिर्जित लकडाउन लगायतका परिस्थितिका कारण गत वर्ष मार्चदेखि जुनसम्म नेपाल फर्कन चाहानेको संख्या उच्च रहेपनि सरकारले उद्दारका कार्यक्रम सञ्चालन नगरेपछि उनीहरू श्रम गन्तव्यमै रहन बाध्य भएका थिए ।
श्रम गन्तव्यहरूमा महामारी नियन्त्रणमा प्रभावकारी कदमसँगै आर्थिक क्रियाकलाप सुचारु भएपछि भने कामदारहरू स्वदेश फर्कनुपर्ने बाध्यतात्मक अवस्था रहेन । फलस्वरुप अघिल्लो आर्थिक वर्षमा कोभिड–१९ को ठूलो प्रभाव रेमिट्यान्समा नदेखिएको अर्थशास्त्री केशव आचार्य बताउँछन् ।
गत आर्थिक वर्षको असार महिनामा मासिक रेमिट्यान्स आप्रवाहले १०० अर्ब रुपैयाँको रेकर्ड कायम गरेको थियो । गत वर्ष कुल रेमिट्यान्स आप्रवाह ८ खर्ब ७५ अर्ब रुपैयाँ थियो । त्यसअघि आर्थिक वर्ष २०७५–७६ मा (महामारीको प्रभाव नहुँदा) पनि वार्षिक कुल रेमिट्यान्स ८ खर्ब ७९ अर्ब रुपैयाँ थियो ।
चालु आर्थिक वर्षको पहिलो ६ महिनामा भने अघिल्ला दुई आर्थिक वर्षको अर्धवार्षिक अवधिको तुलनामा रेमिट्यान्स आप्रवाह बढेको छ । यस आर्थिक वर्षको ६ महिनामा ४ खर्ब ९४ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ भने अघिल्लो आर्थिक वर्षको ६ महिनामा ४ खर्ब ४५ अर्ब र त्यसअघि २०७५–७६ को पहिलो ६ महिनमा ४ खर्ब ४३ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो ।
कोभिड–१९ महामारी शुरु भएपछि भने वैदेशिक रोजगारीमा जानेहरूको संख्यामा कमी आएको छ । यस आर्थिक वर्षमा ३० हजार ८ सय ३७ वैदेशिक रोजगारमा नवप्रवेशीका रूपमा बाहिरिएका छन् भने ४१ हजार ५ सय २९ ले नवीकरण गरी वैदेशिक रोजगारमा गएका छन् । सरकारले दक्षिण कोरिया लगायत मुलुकमा कोभिड–१९ को प्रभाव सामान्य हुँदै गएपछि लकडाउनकै बीचमा पनि जहाज चार्टर गरेर कामदार पठाउन सक्ने व्यवस्था गरेको थियो ।
वैदेशिक रोजगारमा खासगरी खाडी र मलेसियामा काम गर्नेहरू ‘थ्री’डी (डर्टी, डेन्जर र डिफिकल्टी) अर्थात् फोहोर, जोखियुक्त र कठिन काममा सहभागी हुने भएकाले उनीहरूमा जोखिम उच्च हुने श्रम विज्ञ गणेश गुरुङ बताउँछन् । श्रमिकलाई पर्याप्त अभिमुखीकरण र कार्यस्थलको वातावरण र द्विपक्षीय श्रम सम्झौता गरेर मात्र श्रमिक पठाउने व्यवस्था उनको भनाइ छ ।
वैदेशिक रोजगारमा मृत्यु भएका कामदारका परिवारले बीमा बापत् १४ लाख रुपैयाँ र वैदेशिक रोजगार बोर्डबाट क्षतिपूर्तिबापत् ७ लाख रुपैयाँ गरी कम्तीमा २१ लाख रुपैयाँ पाउने व्यवस्था २०७४–७५ देखि कार्यान्वयनमा आएको छ ।
आर्थिक वर्ष |
मृत्यु हुनेको संख्या |
महिला |
पुरुष |
वैदेशिक रोजगारीमा जानेको संख्या |
प्राप्त रेमिट्यान्स (रुपैयाँ) |
|
नयाँ |
नवीकरण |
|||||
२०७४ —७५ |
८२१ |
२१ |
८०० |
३६२०२३ |
२५८६०३ |
७ खर्ब ५५ अर्ब |
२०७५—७६ |
७५३ |
२३ |
७३० |
२४३८६८ |
२७२६१८ |
८ खर्ब ७९ अर्ब |
२०७६—७७ |
६५६ |
१७ |
६३९ |
१९३९४५ |
१७७९८० |
८ खर्ब ७५ अर्ब |
२०७७—७८ अर्धवार्षिक |
४१३ |
७ |
४०६ |
३०८३७ |
४१५२९ |
४ खर्ब ९५ अर्ब |

नबिल बैंकको ‘नबिल लाइफटाइम निःशुल्क क्रेडिट कार्ड योजना’ असार मसान्तसम्म थप

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

गभर्नर नियुक्ति प्रकरण : के प्रधानमन्त्री ओलीकै आडमा भट्टको राजीनामा स्वीकृत नगर…

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

कपिलवस्तुमा एसियन थाई फुड्सको दोस्रो युनिट सञ्चालनमा, ‘प्रीति’, ‘टुपीएम’ सहित…

सुनको मूल्य बढ्यो

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

प्रतिक्रिया