टेलिभिजनमा राजेश हमाल र दीपकराज गिरीकाे टक्कर

काठमाडौं : लकडाउनमा एक समय कोरोना पछि केही चिज चर्चामा थियो भने त्यो थियो राजेश हमाल र दीपकराज गिरी र दीपाश्री निरौलाबीचको शीत युद्ध । एउटा टेलिभिजन अन्तर्वार्तामा दीपाश्री निरौलाले राजेश हमाललाई ‘खै संकटको समयमा कहाँ हुनुहुन्छ महानायक ?’ भनेर व्यंग्य गरेपछि राजेश हमालका फ्यान दीपक दीपामाथि खनिए ।
कुरा यति धेरै अगाडि बढ्यो कि यो उपाधि नै राष्ट्रिय बहसको विषय बन्यो । दीपाको बचावमा लाग्दा दीपक राज गिरीले पनि नराम्ररी गाली खाए । यता राजेश हमालले पनि विवादलाई साम्य पार्नुको साटो ‘मलाई महानायक भन्नै पर्छ’ भन्ने आग्रह देखिने गरी अन्तर्वार्ता दिएपछि यो विवाद निभ्न लामै समय लाग्यो ।
त्यसयता दीपक दीपा दुवैले अनौपचारिक कार्यक्रममा थुप्रै पटक राजेश हमालको पदवीमाथि असन्तुष्टि प्रकट गर्ने गरेका थिए ।तर, मनोरञ्जनको दुनियाँमा न मित्रता लामो समय रहन्छ न दुश्मनी । राजेश हमाल र दीपकराज गिरीबीचको तीतो, मीठो भएको छ कि छैन कुन्नी तर दुवै एउटै फोरममा भने देखिन थालेका छन् ।
मंगलबार राजधानीमा घोषणा भएको रवि लामिछानेको नयाँ टेलिभिजन घोषणा कार्यक्रममा हमाल र गिरी छेउछाउमा मात्र बसेनन् दुवैले एउटै टेलिभिजनमा काम गर्न लागेको पनि जानकारी दिए ।
रवि लामिछानेको नेतृत्वमा खुलेको टीभीमा राजेश हमालले ‘को बन्छ करोडपति’को दोस्रो सिजन चलाउने बताए भने दीपकराज गिरीले ‘क्राइम पेट्रोल’ ।
एउटै टेलिभिजनमा काम गरेपछि बेलाबखत जम्काभेट हुने नै भयो । यस्तो बेलामा शिष्टाचारवश हाइहेल्लो पनि गर्नै पर्यो । तर, यो क्षण दुवैका लागि सजिलो त के होला र ?
त्योबाहेक अब दुवैको क्रेजको पनि परीक्षा हुनेछ । किनकि दुवैले एउटै टेलिभिजनमा कार्यक्रम चलाउँछन् । तुलना भइहाल्छ । दर्शकलाई भने यो टक्कर हेर्न रमाइलो होला कि पट्यार त्यो त कार्यक्रम प्रसारण हुन थालेपछि थाहा भइहाल्छ ।

सन्नी देओलको बोर्डरः २ को सकियो सुटिङ

‘सितारे जमीं पर’ले कमायो १५४ करोड, बन्यो १५० करोड कटाउने ६५ औं चलचित्र

‘जाने भए जाम माया’ युट्युबमा सर्वाधिक हेरिएको गीत

सट्टेबाजी एप्स प्रचारमा दक्षिण भारतका १९ चर्चित कलाकारको संलग्नता, गरियो मुद्दा…

भीएस बिच रनवे २०२५ : समुद्र किनारमा फेसन, सङ्गीत र आत्मविश्वासको रंगीन समागम

कमेडियन कपिल शर्माको क्याफेमा गोली प्रहार, आतंकवादी समुहको संलग्नता

महिला फुटबलका प्रशिक्षकमाथि गायिका झुमाले गरिन 'त्यस्तो नाथे खुइले बाँदर' अभ…

प्रतिक्रिया