जग्गा विवादमा दम्पतिको अपहरणपछि चक्काजाम

जनकपुरधाम : जग्गा विवादको मुद्दामा साक्षी बसेका एक दम्पतिको अपहरपछि स्थानीयले महोत्तरीको सहोडवामा चक्काजाम गरेका छन् । जिल्लाको पिपरा गाउँपालिका-५ सहोड़वाका ६५ वर्षीय मोसाफिर झा र उनकी ६० वर्षीया श्रीमति गीतादेवीलाई सुतेको अवस्थामै घरबाट अपहरण भएकोमा स्थानीयले जनकपुर भिट्ठामोड सडकखण्डको सहोहवामा चक्काजाम गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
स्थानीयका अनुसार मोसाफिर झा अदालतमा विचाराधीन रहेको मोही जग्गा विवाद मुद्दामा साक्षी बसेका थिए । जग्गाको विषयमा विपक्षीसंग केही दिन अगाडि विवाद समेत भएको थियो । मंगलबार बिहान अबेरसम्म झा दम्पतिलाई नदेखेपछि गाउँका व्यक्तिहरू घरमा गएर हेर्दा सुत्ने कोठामा झा दम्पति थिएनन् । त्यहाँ रगतको थोपा देखिएपछि घटना शंकास्पद देखिएको भन्दै प्रहरीलाई खबर गरेका थिए । त्यस लगतै झा दम्पतिको खोजीको माँग गर्दै स्थानीयले चक्का गरेका थिए ।
दुबैको पत्तो नलागेसम्म चक्का जाम राख्ने स्थानीयहरूको चेतावनी छ । चक्का जामका कारण यात्रुहरूलाई बिहानैदेखि आवत-जावतमा समस्या भइरहेको छ । अपहरित दम्पतिको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक टीकाबाहदुर केसीले जानकारी दिए । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको उनको भनाइ छ ।

भारत–पाकिस्तान युद्ध : नेपाल-भारत सीमा क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाइँदै

जागिरको प्रलोभन दिएर भारत लैजान लागेको दुई युवती पक्राउ

४४३ बोतल अनरेक्स नामक लागूऔषधसहित दुई जना पक्राउ

वडाध्यक्ष राउतको 'फटाहा' टीप्पणीप्रति सामुदायिक वन उपभोक्ता महासंघको आपत्ति

प्रभावकारी बन्दै सुत्केरी तथा गर्भवती पोषण कार्यक्रम

जसपा बारा अध्यक्षमा रमेश यादव

प्रतिक्रिया