राजकुमार हिरानीको फिल्ममा शाहरुखको जोडी तापसी

मुम्बई : डेब्यु फिल्म ‘मुन्नाभाइ एमबीबीएस’ मा सञ्जय दत्त हैन शाहरुख खान निर्देशक राजकुमार हिरानीको पहिलो रोजाइ थिए । शाहरुखले यो फिल्म नगरे पछि त्यो रोल सञ्जय दत्तको पोल्टामा पर्यो । बम ब्लास्ट कान्डले तहसनहस भएको सञ्जय दत्तको करिअर यही फिल्मले जोगायो ।
त्यसयता सञ्जय आफ्नो भागको सजाय काटेर अभिनयमा फर्किसकेका छन् । त्यसपछि राजकुमार हिरानीले सञ्जय दत्तसँगै आमिर खान र रनवीर कपुरलाई लिएर पनि फिल्म बनाइसके । शाहरुख खानसँग काम गर्ने हिरानीको चाहाना अझै पूरा भएको छैन ।
तर, दि टाइम्स अफ इन्डियाले छापेको एउटा समाचार अनुसार राजकुमार हिरानी र शाहरुख एउटा फिल्ममा काम गर्ने अन्तिम तयारीमा पुगेका छन् । पत्रिकाले लेखेको छ, ‘नाम सार्वजनिक भइनसकेको फिल्मका लागि हिरानीले तापसी पन्नुलाई शाहरुखको जोडीको रुपमा चयन गरेका छन् ।’
सोसल कमेडी विधाको यो फिल्ममा शाहरुखले पञ्जाबबाट क्यानडा गएर बसेको युवकको भूमिका निर्वाह गर्नेछन् । तापसी यतिबेला अनुराग कश्यपको ‘दोबारा’ र क्रिकेटर मिथालीराजको बायोपिकमा बन्न लागेको फिल्म ‘स्याबास मिठ्ठु’मा का गरिरहेकी छिन् । योभन्दा अगाडि उनले ‘रश्मी रकेट’ र ‘लुप लपेटा’को सुटिङ सकाइ सकेकी छिन् ।

सन्नी देओलको बोर्डरः २ को सकियो सुटिङ

‘सितारे जमीं पर’ले कमायो १५४ करोड, बन्यो १५० करोड कटाउने ६५ औं चलचित्र

‘जाने भए जाम माया’ युट्युबमा सर्वाधिक हेरिएको गीत

सट्टेबाजी एप्स प्रचारमा दक्षिण भारतका १९ चर्चित कलाकारको संलग्नता, गरियो मुद्दा…

भीएस बिच रनवे २०२५ : समुद्र किनारमा फेसन, सङ्गीत र आत्मविश्वासको रंगीन समागम

कमेडियन कपिल शर्माको क्याफेमा गोली प्रहार, आतंकवादी समुहको संलग्नता

महिला फुटबलका प्रशिक्षकमाथि गायिका झुमाले गरिन 'त्यस्तो नाथे खुइले बाँदर' अभ…

प्रतिक्रिया