नाट्टाले नेपालगञ्ज-ठाकुरद्वारामा पर्यटक बस चलाउँदै

काठमाडौँ : आन्तरिक पर्यटकलाई केन्द्रमा राखेर बाँकेको नेपालगञ्जदेखि बर्दियाको ठाकुरद्वारासम्म पर्यटक बस चलाउने तयारी अन्तिम चरणमा पुगेको छ । नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट (नाट्टा) बाँकेले नेपालगञ्ज-ठाकुराद्वारा रुटमा पर्यटक बस चलाउने भएको हो ।
यसका लागि नेपालगञ्ज उपमहानगरपालिकासँग सम्झौता गर्न लागिएको छ । स्वीफ्ट होलिडे कम्पनीले उपलब्ध गराएको बस नाट्टा बाँकेले सञ्चालन गर्न लागेको हो । नेपालगञ्जमा टिकट बुकिङ काउन्टर राखेर पहिलो चरणमा शुक्रबारदेखि हप्तामा दुई दिन बस चलाउने तयारी अन्तिम चरणमा पुगेको नाट्टा बाँकेका अध्यक्ष श्रीराम सिग्देलले बताए ।
उनका अनुसार नेपालगञ्जबाट सुरु हुने यात्रा बर्दियाको मैनापोखर, बढैयाताल, गुलरिया, मधुवन, ओरालीबजार हुँदै ठाकुरद्वारासम्म पुग्नेछ । हरियो नम्बर प्लेटको पर्यटक बसको भाडा तय हुन बाँकी छ । शुक्रबार नेपालगञ्जमा कार्यक्रम गरेर नेपालगञ्ज-ठाकुरद्वारा रुटमा पर्यटक बस सञ्चालन गर्ने तयारी भएको उनको भनाई छ ।
बर्दिया राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटकका लागि पर्यटक बस सञ्चालन गर्न लागिएको हो । यो रुटमा सञ्चालन भएपछि नेपालगञ्जदेखि सुर्खेतको देउतीबज्यै, प्युठानको स्वर्गद्वारी, अर्घाखाँचीको सुपा देउराली, कपिलवस्तुको तिलौराकोट लगायतका ठाउँमा पनि पर्यटक बस सञ्चालन गर्ने तयारी भएको नाट्टा बाँकेका अध्यक्ष सिग्देलले बताए ।

अप्रिलमा भित्रिए एक लाख १६ हजार विदेशी पर्यटक

पर्यटन प्रवर्द्धन गर्न आकर्षक पर्यटकीय ‘प्याकेज’ पस्कनुपर्छ : विज्ञहरु

नगरकोट भ्रमण वर्ष : दुई दिनमा एक लाख पर्यटक

वर्षान्त २०८१ः होटलमा लगानी ओइरिएको वर्ष

नगरकोट भ्रमण वर्ष तयारी पूरा

पर्यटकीय हब बन्दै मुस्ताङको मार्फा

मार्चमा एक लाख २१ हजार बढी विदेशी पर्यटक नेपाल आए, कुन देशबाट कति ?

प्रतिक्रिया