प्रतिनिधि सभा विघटन मुद्दाको पेशी आज, कहिले आउँछ फैसला ?

काठमाडौँ : प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा आज पेशी तोकिएको छ । गएको पुस ६ गते सर्वोच्चमा दर्ता भएको मुद्दामा दुवै पक्षको बहस सकिएपछि मंगलबार पेशी तोकिएको हो । यसअघि सोमबार दुवै पक्षका वकिलले बहस नोट बुझाएका थिए ।
त्यसअघि एमीकस क्युरीका अन्तिम सदस्य गीता ढकालले शुक्रबार राय दिएपछि सोमबार बहस नोट बुझाउन भनिएको थियो । एमीकस क्युरीका पाँच सदस्यमध्ये चार जनाले प्रतिनिधि सभा पुनःस्थापना हुनुपर्ने पक्षमा राय दिएका थिए ।
झण्डै दुई महिना लामो बहसपछि प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर राणा नेतृत्वको पाँच सदस्यीय संवैधानिक इजलासले फैसला सुनाउने तयारी गरेको छ । फैसला कहिले आउँछ भन्ने एकिन नभए पनि यसै हप्ता हुन सक्ने अनुमान गरिएको छ ।
गएको पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेकी थिइन् । प्रतिनिधि सभा विघटन भएपछि सत्तारुढ नेकपा विभाजनको अन्तिम तयारीमा छ । अहिले ओली समूह प्रतिनिधि सभा विघटनको बचाउमा छ । बैशाख १७ र २७ गते चुनाव हुने दाबी ओली समूहको छ ।
तर पुष्पकमल दाहाल र माधव नेपाल नेतृत्वको नेकपा भने प्रतिनिधि सभा विघटनविरुद्ध सडक आन्दोलनका कार्यक्रम गर्दै आएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भने प्रतिनिधि सभा विघटन असंवैधानिक भने पनि चुनावमा जानुपर्ने आशय व्यक्त गर्दै आएको छ । राजनीतिक दल र आम नागरिकको चाँसो रहेकाले पनि सर्वोच्चको फैसलाको प्रतिक्षा भइरहेको छ ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया