मंगल ग्रहमा यसरी अवतरण गरेको थियो पर्सिभिअरेन्स यान (भिडियोसहित)
काठमाडौँ : नासाले मंगल ग्रहमा पठाएको विशेष यान (पर्सिभिअरेन्स) अवतरण गरेको भिडियो सार्वजनिक गरेको छ । मंगलबार अमेरिकी अन्तरिक्ष सम्बन्धी निकाय नासाले पर्सिभिअरेन्स यान अवतरण गर्दै गरेको भिडियो सार्वजनिक गरेको हो ।
गएको शुक्रबार नासाले पठाएको यान मंगल ग्रहमा अवतरण गरेको थियो । सात महिनासम्म ४७ करोड बढी किलोमीटरको यात्रा गरेर पर्सिभिअरेन्स यान मंगल ग्रहमा पुगेको थियो । यान मंगल ग्रहमा अतवरण गर्नेवित्तिकै नासाले मंगल ग्रहका तस्बिर सार्वजनिक गरेको थियो ।
त्यसको झण्डै एक हप्तापछि नासाले यान अवतरण गरेको अफिसियल भिडियो सार्वजनिक गरेको हो । भिडियोमा यानले मंगल ग्रहमा अवतरण गर्दाको दृश्य देखिन्छ । जहाँ सुरुमा बेलुनमा झुण्डिएको यान, त्यसका चक्काले विस्तारै धुलोमाटो उडाएर भुई छोएको दृश्य देखिन्छ । यो यानको सबै दृश्य कैद गर्नका लागि नासाले सात वटा क्यामेरा जडान गरेको छ ।
ती क्यामेराकै सहयोगमा नासाले मंगल ग्रहको पछिल्लो अवस्थाबारे अनुसन्धान गरिरहेको छ ।
नासाले सार्वजनिक गरेको भिडियो

'कम्बोडियामा क्यान्सरबाट हरेक दिन ३८ जनाको मृत्यु'

एक महिनामा दुई लाख ५० हजारभन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता

गाजामा भएको इजरायली हमलामा १९ जनाको मृत्यु

विदेशमा निर्माण हुने सबै चलचित्रमाथि सतप्रतिशत कर लगाउन ट्रम्पको आदेश

नुनकाे ढिकाेका कारण पाकिस्तानसँग झुक्नु पर्ने हुन्छ भारतले

अष्ट्रेलियामा बिपक्षी नेताले नै हारे चुनाव, २० बर्ष पछि लेवर पार्टी बहुमतमा

अमेरिकाद्वारा युक्रेनलाई तीन अर्ब १० करोड बराबरको सैन्य सहयोग घोषणा

प्रतिक्रिया