आइपीयु गभर्निङ काउन्सीलको अधिवेशन सुरु, सभामुखसहित तीन सांसद नेपालबाट सहभागी

काठमाडौं : विश्वका संसदको साझा मञ्च अन्तर व्यबस्थापिका संघ (आइपीयु)को गभर्निङ काउन्सीलको २०६ औं अधिवेशन सुरु भएको छ । नेपाली समय अनुसार गएराति सुरु ‘भर्चुअल’ सम्मेलन चार दिनसम्म चल्ने भएको हो ।
जारी अधिवेशनमा नेपालका तर्फबाट संघीय संसद, प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटा, प्रतिनिधि सभाका सदस्य रामकुमारी झाँक्री र राष्ट्रिय सभाका सदस्य जितेन्द्र नारायण देवले गभर्निङ काउन्सील सदस्यकारुपमा सहभागीता जनाएका छन् । यस्तै अधिवेशनमा सांसद एकवाल मियाँ पर्यवेक्षकका रुपमा सहभागी भएका हुन् ।
गभर्निङ काउन्सीलको यो अधिवेशनले आइपीयुका नयाँ अध्यक्ष निर्वाचित गर्ने छ । हरेक गभर्निङ काउन्सील सदस्यले गोप्य मतदानमार्फत अध्यक्षको चयन गर्ने छन् । मतदान ‘भर्चुअल’ माध्यमबाट भएको छ । अधिवेशनमा नेपाल सहित १६२ देशका प्रतिनिधिहरुको सहभागीता रहेको छ ।
यो अधिवेशनमा आई पि यू को अध्यक्ष पदका लागि पाकिस्तान, पोर्चुगल, उज्वेकिस्तान र क्यानडाका प्रतिनिधिले उमेदवारी दिएका छन् । आइपीयु अध्यक्षको कार्यकाल तीन बर्षको हुने छ ।
यसैबीच नेपालबाट अन्तर व्यबस्थापिका संघको गभर्निङ काउन्सीलको २०६ औं अधिवेशनमा सहभागी सभामुख अग्निप्रसाद सापकोटासहित प्रतिनिधि सभाका सदस्य रामकुमारी झाँक्री र राष्ट्रिय सभाका सदस्य जितेन्द्र नारायण देवले आईपीयु अध्यक्ष चयनका लागि गोप्य मतदान गरेका छन् ।
संघीय संसदको संयुक्त बैठक बस्दै, राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम…

अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमा मन्त्रीले समय नदिएको भन्दै माओवादीको आ…
प्रतिनिधिसभा बैठक बस्दै, भन्सार विधेयक पारित गरिने
शिक्षक र चिकित्सकको माग सम्बोधनका लागि माओवादीसहित चार पार्टीद्वारा संसद्मा ज…
‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत

७ मिनेट बसेर राष्ट्रिय सभाको बैठक स्थगित

संसद्को अधिवेशन आजदेखि, यस्तो छ सम्भावित कार्यसूची

प्रतिक्रिया