प्रधानमन्त्रीले किन डाके सुरक्षा परिषद्को बैठक ?
काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले सुरक्षा परिषद्को बैठक राख्ने भएका छन् । उनले मंगलबार उक्त बैठक राख्न लागेका हुन् । गम्भीर सुरक्षा चुनौती देखिँदा यस्तो बैठक बोलाइन्छ । यसलाई भने प्रधानमन्त्री ओलीले नियमित बैठक भनेका छन् ।
प्रधानसेनापती पूर्णचन्द्र थापा र प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराबीच सोमबार भेटवार्ता हुनु र मंगलबार प्रधानमन्त्रीले सुरक्षा परिषद्को बैठक बोलाउने विषय आफैँमा अर्थपूर्ण छ ।
यद्यपि सोमबार भएको भेट सेनाले उपयोग गरेको जग्गा सर्वोच्च अदालतका लागि आवश्यक परेर दिनेसम्बन्धी प्रक्रियाको अन्तिम टुंगो लगाउने विषयमा भनिए पनि उत्पन्न राजनीति परिदृष्यमा छलफल भएको बताइएको छ ।
रक्षा सचिव एवं सुरक्षा परिषद्का सदस्य सचिवसमेत रहेका रेश्मीराज पाण्डेले मंगलबार बिहान सुरक्षा परिषद्को नियमित बैठक बोलाइएको जानकारी इकागजलाई दिए । 'उक्त बैठकमा उत्पन्न समसामयिक विषयमा नै छलफल हुनेछ,' उनले भने, 'लामो समयदेखि छलफलका थाँती छन् ।'
पछिल्लो समय विकसित हुँदै गरेको राजनीतिक घटनाक्रम र आगामी वैशाखमा हुने भनिएको निर्वाचनलगायतका विषयमा प्रधानमन्त्रीले छलफल गर्न लागेको बालुवाटार उच्च स्रोतले बतायो । सुरक्षा परिषद्मा रक्षा सचिव सदस्य सचिव रहन्छन् भने रक्षा, परराष्ट्र, अर्थ र गृहमन्त्रीका साथै मुख्यसचिव र प्रधानसेनापति यसको सदस्य हुन्छन् ।
बैठकमा परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली, अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रामबहादुर थापा र प्रधानसेनापति थापा सहभागी हुनेछन् । समग्र राष्ट्रिय हित, सुरक्षा र प्रतिरक्षासम्बन्धी नीति तर्जुमा गर्न तथा नेपाली सेना परिचालन वा नियन्त्रणका लागि सरकारलाई सिफारिश गर्न प्रधानमन्त्रीको अध्यक्षतामा राष्ट्रिय सुरक्षा परिषद् रहने संवैधानिक व्यवस्था छ । अहिले रक्षा मन्त्रालय पनि प्रधानमन्त्री स्वयंले सम्हालिरहेका छन् ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया