रोहिंग्या शरणार्थी चढेको डुङ्गा दुर्घटना हुँदा आठको मृत्यु

क्वालालम्पुर : महिला र बच्चालगायत दर्जनौं रोहिंग्या शरणार्थी बोकेका डुङ्गा मलेसियाको समुद्री किनारमा दुर्घटना हुँदा कम्तीमा आठ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय अधिकार समूह तथा संयुक्त राष्ट्र संघीय शरणार्थी निकायहरूले सोमबार बताएका छन् । बंगालादेशमा रहेका विशाल शरणार्थी शिविरहरूबाट उम्कन मुस्लिम र अल्पसङ्ख्यक समुदायका सदस्यहरूले असुरक्षित सामुद्रिक मार्गको प्रयोग गरी लामो डुङ्गा यात्रा गर्ने गर्छन् । यसरी सामुद्रिक मार्गमा लामो यात्रा गर्दा वर्षेनी सयौँ शरणार्थीले अकालमा ज्यान गुमाउने गरेका छन् ।
दुर्घटनाग्रस्त डुङ्गा ६५ महिला तथा बालबालिकासहित ९० जना शरणार्थी लिएर फेब्रुअरी ११ मा बंगालादेशबाट छुटेको एएफपीलाई प्राप्त विवरणमा बताइएको छ । रोहिंग्याहरू चढेको डुङ्गालाई निगरानी गरेको अराकन प्रोजेक्ट नामक संस्थाका क्रिस लेवाका अनुसार डुङ्गा दुर्घटनापछि केही व्यक्ति लिएर पुनः समुद्रमा यात्रारत डुङ्गामा पानी र खाद्यान्न अभाव भएको र भारतको अण्डामान तथा निकोबार टापू नजिकैको समूद्री तटमा बगिरहेको छ ।
संयुक्त राष्ट्र संघीय शरणार्थी निकायले घटनामा छ महिला तथा दुई पुरूषले ज्यान गुमाएको पुष्टि गरेको छ । भारतीय समुद्री अधिकारीहरू घटना लगत्तै हाल यस क्षेत्रमा आइपुगेका र उनीहरूले आप्रवासीहरूलाई अत्यावश्यक खाद्यान्न तथा अन्य सामान आपूर्ति गरेको बताइएको छ । (रासस)

पाकिस्तानी प्रधानमन्त्रीको नीजि जीवनः चार पत्नीमा लेखिकादेखि मोडेलसम्म
किभमा रुसी हमलामा १४ जनाको मृत्यु, दर्जनौँ घाइते
फ्रान्सका पूर्वप्रधानमन्त्री फिलनलाई पत्नीको नक्कली जागिर प्रकरणमा जेल सजाय
भारतद्वारा आफ्ना नागरिकहरूलाई तेहरान छोड्न चेतावनी जारी

अस्ताना सम्मेलन मध्य एसियाको ’शाश्वत’ सम्बन्ध मजबुत बनाउने दिशामा कोशेढुङ्गा : …
तेहरानमा इन्टरनेट सेवा अवरुद्ध

'ट्रम्पले इरानविरुद्ध थप कदम चाल्न सक्छन्'

प्रतिक्रिया