रानाभाटको निधनप्रति कांग्रेसद्वारा दुख व्यक्त
काठमाडौँ : पूर्व सांसद तथा नेपाली कांग्रेसका महासमिति सदस्य एकनाथ रानाभाटको निधनप्रति नेपाली कांग्रेसले दुख व्यक्त गरेको छ । पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ती जारी गर्दै रानाभाटको निधनप्रति दुख व्यक्त गरेका हुन् । रानाभाटको ६६ वर्षको उमेरमा सोमबार उपचारको क्रममै निधन भएको हो ।
रानाभाट २०५६ को आम निर्वाचनमा चितवन जिल्ला निर्वाचन क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए । उनको निधनबाट पार्टीले एक निष्ठावान नेतृत्वलाई गुमाएको र अपूरणीय क्षति पुगेको कांग्रेसले भनेको छ ।
रानाभाटको पार्थिव शरीरलाई मंगलबार बिहान ८ः३० बजेदेखि बिहान ९ः३० बजेसम्म पार्टी कार्यालय नारायणगढमा राखिने कांग्रेसले जनाएको छ । अन्त्यष्ठी देवघाटमा गरिने कांगेसको शोक वक्तव्यमा उल्लेख छ । सभापति शेरबहादुर देउवाले पनि रानाभाटको निधनप्रीत दुख व्यक्त गरेका छन् । त्यस्तै कांग्रेसको राष्ट्रियसभा संसदीय दलले पनि शोक वक्तव्य जारी गर्दै रानाभाटको निधनप्रति दुख व्यक्त गरेको छ ।

परराष्ट्रमन्त्री देउवासँग जापानका उपविदेशमन्त्रीको भेट

जलवायुको असर हिमाली क्षेत्रमा धेरै, क्षतिपूर्तिका लागि विश्वको ध्यानाकषर्ण

डोटी पुगेर प्रचण्डले भने- जनबलमा सत्तामा पुग्यौँ

रेमिट्यान्सका नाममा अवैध पैसा भित्रिरहेको आशंका छ : शेखर कोइराला

गृहमन्त्री लेखक र पर्यटनमन्त्री पाण्डे सगरमाथा आधार शिविरमा

नेपालमा कुनै संकट छैन : प्रधानमन्त्री ओली

कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध गर्न जरुरीः अध्यक्ष नेपाल

प्रतिक्रिया