नारायणहिटीअगाडि 'प्रतिगमनविरुद्ध जुत्ता प्रहार' (फोटो फिचर)

काठमाडौँ : नेकपा दाहाल–नेपाल समूहको विद्यार्थी संगठन (अनेरास्ववियू) ले संसद् विघटनविरुद्ध नारायणहिटीबाट प्रतिगमनलाई जुत्ता हान्ने कार्यक्रम गरेको छ । उनीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको सांकेतिक तस्बिर बनाएर त्यसलाई जुत्ताले हानेका थिए ।
जुत्ता हान्ने कार्यक्रमलाई सम्बोधन गर्दै विद्यार्थी नेता रञ्जित तामाङले अहिले सांकेतिक विरोध मात्रै गरेको जनाए । ‘प्रतिगमनकोविरुद्ध अनेरास्ववियूले अहिले सांकेतिक विरोध मात्र गरेको हो । प्रतिगमनका मतियारहरुलाई पञ्च भेला गरेर रयाली गरेर तमासा देखाउने हैन भन्न चाहन्छौँ,’ तामाङले भने, ‘केपी ओली र तिनका मतियारका पञ्च भेला हामीलाई चाहिएको छैन । आज हामीले संकेत मात्र गरेर जुत्ता हानेका छौँ । प्रतिगमन नसच्याउने हो भने मतियारहरुलाई जुत्ताको माला लगाउने दिन आउने छ ।’
उनले प्रधानमन्त्री ओली र उनी निकटकाहरुले संविधानको पालना नगरेको भन्दै संविधानको पालना गर्न पनि आग्रह गरे । तामाङले प्रधानमन्त्री ओली नयाँ जंग बहादुर बन्न खोजेको भन्दै आक्रोश पोखे । ‘नयाँ जंग बहादुर बन्न लागेकोहरुलाई हामी चेतावनी दिन चाहन्छौँ । आज सांकेतिक कार्यक्रम गरियो । साँच्चै कार्यक्रम गर्न नपरोस्’ उनले भने ।

सिटी सेन्टरमा हरेक शु्क्रबार लाग्ने अर्गानिक मेला यस्तो देख्यो ( फोटो फिचर)
_KXqHza3Zvx_t9lxc8p2c2soepbskrtx1gvhcukpyv90ce3uqlflc7pfkdjupwmmmsuz0wsf_oJAZuoCouk_kpwfubbsnueyckvgxagdw2zezqes2tmf6mazykhy8wk5ssguglvadjreaabe.jpg)
सुनचाँदी व्यवसायीको आन्दोलन (फोटो फिचर)

कंक्रिटै कंक्रिटको सहर काठमाडौँ (फोटो फिचर)

शिवपुरी निकुञ्ज भित्रको बिष्णुद्वार झरना आहा! ( तस्विरहरू )
_vKePIDCgLl_uaxs5znqtpvskumc5heezisxoov5haajcvkbcaphpciz2ceo0nelqkkr4nwt_8Mkk6D8CW4_oe9jyfxhm5qbe4ohqae2tudlkwpqo75ejdso9fxiqpowadcbwz0ndnx2n237.jpeg)
भीडभाड छ एयरपोर्ट (फोटो फिचर)

काठमाडौँ महानगरको सीप मेलामा यस्तो देख्यो (फोटो फिचर)

तस्बिरमा बकर ईद

प्रतिक्रिया