बिहीबार २५ बैशाख, २०८२
Thursday, May 08, 2025

पूर्वमाओवादीलाई बाबुरामको प्रश्‍न : ओलीको सती जाने कि नयाँ समाजवादी बाटो बनाउने ?

काठमाडौं : जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डाक्टर बाबुराम भट्टराईले नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको सती नजान आग्रह गरेका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र चरम विवाद भइरहेका बेला सोमबार भट्टराईले ट्‍वीट गर्दै यस्तो आग्रह गरेका हुन् ।

भट्टराईले ओली कुबाटोमा लागेको उल्लेख गरेका छन् । उनले प्रश्‍न गरेका छन् 'अरू उनको सती जाने कि बेलैमा नयाँ समाजवादी बाटो बनाउने ?'

र, यो पनि
- पार्टी फुटाउने विदेशी शक्तिहरुको चाहना कसैबाट पूरा नहोस् : नारायणकाजी
- पार्टी एकता गम्भीर संकटको मोडमा आइपुगेको छः महासचिव पौडेल
- घिसिपिटी गर्नुभन्दा पार्टी फुटाऔँ : प्रधानमन्त्री ओली
- पार्टी फुट्‍ने संकेत देखिएको छैन : प्रधानमन्त्री ओली
- दाहालले काठमाडौं बोलाए आफू निकट स्थायी समिति सदस्य

'विश्व कम्युनिष्ट आन्दोलन धरासायी हुनुको एउटा प्रमुख कारण मूल पार्टी/नेतृत्वले रंग फेरिसकेपछि पनि बाँकी नेता/कार्यकर्ताले बेलैमा विद्रोह गर्न नसक्नु हो भन्ने हिजोका झापाली/माओवादीले कति छिटो बिर्सेको ?' भट्टराईले ट्‍वीट गरेका छन् 'ओली आफ्नो कुबाटोमा दृढ छन्: अरू उनको सती जाने कि बेलैमा नयाँ समाजवादी बाटो बनाउने ?'

कर्णालीमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध आफ्नै दलका नेताले अविश्‍वास प्रस्ताव दर्ता गरेपछि सुरु भएको नेकपाको पछिल्लो विवाद फुटको संघारमा पुगेको छ । यसअघि प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी फुटाउने प्रस्ताव शनिबार अर्का अध्यक्ष पुष्पकमल दाहालसँग गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले खुलासा गरेका थिए ।