सत्ता छाडेर आन्दोलन गर्न ओलीलाई पौडेलको चुनौती

जनकपुरधाम : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीलाई सरकार छाडेर आन्दोलन गर्न चुनौती दिएका छन् । आइतबार प्रेस युनियन सप्तरीद्धारा राजविराजमा आयोजित पत्रकार सम्मेलनमा वरिष्ठ नेता पौडेलले भने, ‘लोकतन्त्रको खतरा वर्तमान प्रधानमन्त्री ओलीबाटै भएको ओलीको तानाशाह प्रवृतिलाई रोक्न सबै लोकतान्त्रिक शक्ति एक भएर अघि बढ्नुपर्ने आवश्यकता रहेको छ ।’
पौडेलले सत्तामा बसेर आन्दोलन गर्नु कत्तिको जायज हो भन्दै प्रश्न पनि गरेका छन् । ‘सत्तामा बसेका व्यक्तिले आन्दोलन गर्छु भन्नु कतिको जायज हो । लोकतन्त्रका रक्षकबाट नै यस्तो अभिव्यक्तिले के प्रष्ट हुन्छ भने विभिन्न आन्दोलन र हजारौँको बलिदानबाट प्राप्त उपलब्धी संघीय लोकतान्त्रिक गणतन्त्र धरापमा पर्ने खतरा बढेको छ ।’ प्रधानमन्त्री ओलीले सर्वाेच्च अदालतलाई धम्की दिएको पौडेलको आरोप छ ।
‘संसदको पुनस्र्थापना भए आफू सकिन्छु भन्ने सोचेर ओलीले न्यायलयलाइसमेत धम्की दिन थालेका छन्,’ संविधानमा नभएको धारा प्रयोग गरेर ओलीले संसद् विघट्न गरेको स्पष्ट पार्दै पौडेलले भने, ‘यदि सर्वोच्च अदालतले गलत फैसला गरे देशमा आन्दोलनको आँधी आउँछ ।’ मधेश सम्मान यात्रको क्रममा राजविराज आइपुगेका पौडेलले संसद पुनःस्थापनाको विकल्प नरहेको भन्दै सर्वोच्च अदालतले संसद पुनःस्थापना कै पक्षमा फैसला गर्छ भन्नेमा आफू विश्वस्त रहेको बताए ।

परराष्ट्रमन्त्री देउवासँग जापानका उपविदेशमन्त्रीको भेट

जलवायुको असर हिमाली क्षेत्रमा धेरै, क्षतिपूर्तिका लागि विश्वको ध्यानाकषर्ण

डोटी पुगेर प्रचण्डले भने- जनबलमा सत्तामा पुग्यौँ

रेमिट्यान्सका नाममा अवैध पैसा भित्रिरहेको आशंका छ : शेखर कोइराला

गृहमन्त्री लेखक र पर्यटनमन्त्री पाण्डे सगरमाथा आधार शिविरमा

नेपालमा कुनै संकट छैन : प्रधानमन्त्री ओली

कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध गर्न जरुरीः अध्यक्ष नेपाल

प्रतिक्रिया