शनिबार ०३ जेठ, २०८२
Saturday, May 17, 2025

नेपाल संस्कृतिले धनी छ : उपराष्ट्रपति पुन

फाइल तस्बिर

काठमाडौँ  :  उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाल सांस्कृति विविधताले धनी देश भएको बताएका छन् । आइतबार मातृभाषा राष्ट्रिय कविता महोत्सव २०७७ मा सम्बोधन गर्दै उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाल बहु सांस्कृतिक विविधताले भरिपूर्ण देश भएको बताएका हुन् । उनले नेपालमा २०६८ को जनगणना अनुसार १२५ जाती र १२३ भाषा सूचीकृत भएको बताए ।

पुनले सबै जाती र भाषाको उत्तीकै महत्व रहेको बताउँदै सबैले आफ्नो भाषा र संस्कृति बचाउन जागरुक हुनुपर्ने बताए । उपराष्ट्रपति पुनले मातृ भाषामा कलम चलाएका मानिसहरुलाई मौलिक भाषामा भइरहेको आक्रमणका बारेमा सोच्न आग्रह गरे । त्यस्तै आफ्नो मातृ भाषा बोल्नेमा कमि आइरहेको तर्फ संकेत गर्दै मातृभाषामा भइरहेको आक्रमणलाई स्वीकार्न नसकिने पुनले बताए ।