दाहाल-नेपालबीच संगठनमा बराबरी भागबण्डा गर्ने मापदण्ड

काठमाडौँ : नेकपा (दाहाल-नेपाल समूह)मा पार्टी संगठनभित्र ५०/५० प्रतिशतमा भागबण्डा गर्ने सहमति बनेको छ । संगठन एकताको काम टुंग्याउन बनाइएको अध्यक्ष माधवकुमार नेपाल नेतृत्वको कार्यदलले ५०/५० प्रतिशतको भागबण्डा गर्ने सहमति गरेको हो ।
स्थायी समिति सदस्य गिरिराजमणि पोखरेलले संगठनमा पूर्णताका लागि ९ बुँदे मापदण्डमा कार्यदलमा सहमति जुटेको जानकारी दिए । ‘हामीले संगठनमा गर्न बाँकी काम टुंग्याउन ९ बुँदे सहमति गरेका छौं । त्यसैमा रिक्त संगठनका पदहरूमा पनि पदपूर्ती गरिनेछ,’ पोखरेलले इकागजसँग भने ।
स्थायी समितिको पुस २० गते बसेको बैठकले अध्यक्ष नेपालको संयोजकत्वमा कार्यदल बनाएको थियो । कार्यदलले प्रदेश र जिल्लाका इन्चार्ज, सहइन्चार्ज एवं पार्टी समितिहरू तथा जनसंगठनका पदाधिकारीहरूमा समेत ५०/५० प्रतिशत भागबण्डा गर्ने मापदण्ड तय गरेको हो ।
मापदण्डमा साविकको जुन पक्षको पद रिक्त भएको हो, त्यही पक्षबाट पूर्ती गर्ने उल्लेख रहेको जानकारी नेकपा केन्द्रीय सदस्य विष्णु रिजालले दिए । ‘५०/५० प्रतिशत भन्नाले पदपूर्ती गर्न बाँकी रहेको स्थानमा मिलाउँदै जाने र दुवै पक्षलाई न्यायसँगत हुनेगरी अघि बढ्ने सहमति भएको हो,’ रिजालले थपे, ‘यसले सहकार्य र दल एक ढिक्का हुन बल पुग्नेछ ।’
पुस ५ मा पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि सत्तारुढ दल नेकपा विभाजन भएको थियो । पार्टी विभाजनले अझै कानुनी मान्यता पाएको छैन ।
अहिले नेकपा (दाहाल-नेपाल समूह) र (ओली समूह)मा विभक्त छ । पार्टीका लुम्बिनी प्रदेश इञ्चार्ज शंकर पोखरेल र गण्डकी प्रदेश इञ्चार्ज पृथ्वीसुब्बा गुरुङ ओली समूहमा लागेका छन् । दाहाल नेपाल समूहले उनीहरूलाई हटाएर लुम्बिनीमा युवराज ज्ञवाली र गण्डकीमा देवेन्द्र पौडेललाई जिम्मेवारी दिइसकेको छ ।
प्रदेश-२ का इञ्चार्ज सत्यनारायण मण्डल ओली समूहमा लागेकाले त्यहाँ इञ्चार्ज नियुक्त गर्न बाँकी छ । त्यस्तै पार्टी पदाधिकारी संरचनामा गएमा पदाधिकारी नियुक्त गर्न बाँकी छ । सचिवालयका नौ सदस्यमध्य यो समूहमा ४ जना मात्रै छन् । स्थायी समिति र केन्द्रीय समितिमा पनि सदस्य नियुक्त गर्न बाँकी छ ।
धेरै अकाक्षी देखिएका सचिवालय सदस्य र महासचिवमा नेताहरूलाई सहमति गर्न फलामको च्यूरा चपाएजस्तै कठिन देखिएको छ । त्यो मापदण्ड तय भएसँगै समूहमा पनि विग्रह ल्याउन र भड्काउन भएका प्रयत्न तोड्दै आकांक्षीका माम सम्बोधन गर्न सहज हुनेछ ।
दुवै पक्ष (पूर्वएमाले र पूर्वमाओवादी) उत्तिकै सक्रिय भएर यो गठबन्धनलाई बलियो बनाउने र कतैबाट पनि यसमा आँच आउन नदिने गरी अगाडि बढ्ने नेताहरू बताउँछन् ।

परराष्ट्रमन्त्री देउवासँग जापानका उपविदेशमन्त्रीको भेट

जलवायुको असर हिमाली क्षेत्रमा धेरै, क्षतिपूर्तिका लागि विश्वको ध्यानाकषर्ण

डोटी पुगेर प्रचण्डले भने- जनबलमा सत्तामा पुग्यौँ

रेमिट्यान्सका नाममा अवैध पैसा भित्रिरहेको आशंका छ : शेखर कोइराला

गृहमन्त्री लेखक र पर्यटनमन्त्री पाण्डे सगरमाथा आधार शिविरमा

नेपालमा कुनै संकट छैन : प्रधानमन्त्री ओली

कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध गर्न जरुरीः अध्यक्ष नेपाल

प्रतिक्रिया