सीमा नाका सञ्चालन गर्न सरकार गम्भीर बनोस् : खाण

काठमाडौँ : नेपाली कांग्रेसका नेता बालकृष्ण खाणाले रुपन्देहीको बेलहियास्थित नेपाल-भारत सीमा नाका सञ्चालनका विषयमा गम्भीर बन्न सरकारको ध्यानाकर्षण गराएका छन् । खाणले आइतबार विज्ञप्ति जारी गर्दै सीमा नाका खोल्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।
'सीमा नाका सञ्चालनका विषयमा सरकार गम्भीर बनोस् र यथाशिघ्र सीमा नाका सुरक्षित र व्यवस्थित तवरले सञ्चालन गर्न सरकारसँग जोडदार माग गर्दै सिद्धार्थनगरका उद्योगी, व्यवसायी, श्रमिक मजदुरहरूले सिमानाका सञ्चालन गर्न गरिएको दबाब कार्यक्रमको समर्थन गर्दछु,' खाणद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
रुपन्देही जिल्लाको सिद्धार्थनगरका उद्योगी तथा पर्यटन व्यवसायीहरूले वेलहिया स्थित नेपाल-भारत सीमा नाकालाई व्यवस्थित र सुरक्षित रूपमा सञ्चालन गर्न माग गरिरहेका छन् ।
कोभिड-१९ को महामारीका कारण लामो समयदेखिको बन्दाबन्दीले नेपालमा उद्योग, कलकारखाना, पर्यटन व्यवसाय, यातायात व्यवसाय र दैनिक ज्यालादारी गरी गुजारा चलाई आइरहेका मजदुर ज्यादै मर्कामा परेको तथ्यलाई ख्याल गर्न पनि खाणले सरकारलाई आग्रह गरेका छन् ।

वैदेशिक रोजगारमा जानेहरूलाई बिनाधितो ऋण दिने कार्यविधि अन्तिम चरणमा

कांग्रेस बैठक आजसम्म चल्ने

कृषि कर्जालाई सरलीकृत गरिदिन मन्त्री अधिकारीको आग्रह

युवाहरूलाई साथमा लिएर अघि बढ्छौँ : प्रचण्ड

राजनीतिलाई सङ्लो नपारेसम्म अन्य क्षेत्रमा सुधार गर्न सकिँदैन : बाबुराम भट्टराई

हेल्लो ! साम्बा एन्ड टिम विस यु अल द बेस्ट : प्रधानमन्त्री ओली

प्रधानमन्त्री ओलीसँग नेपालमा लगानीको सम्भावना र अवसरबारे मलेसियाका व्यवसायीको…

प्रतिक्रिया