मुख्यमन्त्री राईविरुद्ध प्रदेशसभामा अविश्वासको प्रस्ताव पेस
सरकार र राई पक्षीय सांसदहरू अनुपस्थित

विराटनगर : प्रदेश-१ का मुख्यमन्त्री शेरधन राईविरुद्ध प्रदेशसभामा अविश्वासको प्रस्ताव पेस भएको छ । सभामुख प्रदीपकुमार भण्डारीले अनुमति दिएपछि आइतबार बसेको प्रदेशसभा बैठकमा नेकपा (दाहाल-नेपाल समूह)ले दर्ता गराएको अविश्वास प्रस्ताव पेस भएको हो ।
सदनमा दाहाल-नेपाल समूहका सांसद र अविश्वासको प्रस्तावका प्रस्तावक इन्द्रबहादुर आङ्बोले अविश्वासको प्रस्तावबारे प्रकाश पारेका थिए ।
अविश्वासको प्रस्ताव पेस भएको बैठकमा मुख्यमन्त्री राई पक्षीय सांसद र प्रदेश सरकारका मन्त्रीहरू अनुपस्थित थिए । सरकार पक्षीय सांसद र मन्त्रीहरू अनुपस्थित भएपछि सभामुख भण्डारीले अविश्वासको प्रस्ताव पेस भएपनि फागुन २० गते दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरेका छन् ।
प्रदेश सभा सचिवालयमा रहेका आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्की प्रदेश सभा बैठक सुरु हुनुभन्दा १५ मिनेट अगाडि सचिवालयबाट बाहिरिएका थिए । प्रदेश सभामा आएका मुख्यमन्त्री राई पक्षीय सांसदहरू संसदीय दलको कार्यालयमै बसे । तर, उनीहरूले सदनमा उपस्थिति जनाएनन् ।
प्रदेश–१ को सदनमा सरकारबिना संसद् चलेको यो पहिलो घटना हो । प्रदेश सभा नियमावलीमा बैठक सञ्चालन गर्दा मन्त्री उपस्थित हुनुपर्ने उल्लेख छ ।
बैठक बस्नु अघि राई पक्षले प्रदेशसभा सचिवालयमा निलम्बनमा परेका १६ सांसद सदनमा उपस्थित भए आफूहरू सदनमा उपस्थित नहुने लिखित जानकारी प्रदेशसभा सचिवालयमा गराएका थिए ।

उपराष्ट्रपति यादव युरोप दिवसमा सहभागी

डेडिकेटेड र ट्रङ्कलाइन विवाद छिनोफानो गर्ने जिम्मेवारी आयोगको हो : मन्त्री खड्का

‘अर्थतन्त्रलाई आत्मनिर्भर र समृद्ध बनाउन निजी क्षेत्रको भूमिका अतुलनीय’ : उद्योगम…

कार्यान्वयन योग्य योजनाको माग

लोकतान्त्रिक आन्दोलनका योद्धा डङ्गोलको निधनले पार्टीलाई अपूरणीय क्षतिः सभापति द…

रेशम चौधरीलाई नियत राखेर पक्राउ गरिएको होइन, कर्मचारीले बदमासी गरेका हुन्ः …

राजसंस्था र हिन्दुराष्ट्रको स्थापना गर्न अनिश्चितकालीन जनआन्दोलन घोषणा

प्रतिक्रिया