मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव पेस हुने

विराटनगर : प्रदेश १ को प्रदेशसभा बैठकमा मुख्यमन्त्री शेरबहादुर राईविरुद्ध दर्ता भएको अविश्वास प्रस्ताव टेबल हुने भएको छ । आइतबार बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री राईविरुद्ध प्रदेशसभा सचिवालयमा दर्ता भएको अविश्वास प्रस्ताव टेबल हुने कार्यसूची रहेको प्रदेशसभा सचिव गोपाल प्रसाद पराजुलीले जानकारी दिए ।
उनका अनुसार प्रदेश सभा नियमावली २०७४ को नियम १२९ (१) बमोजिम दर्ता भएको मुख्यमन्त्री राईविरुद्धको अविश्वासको प्रस्ताव नियमावली १२९ (४) बमोजिम पेस हुने उल्लेख छ । केही समयअघि नेकपाकै दाहाल–नेपाल समूहले ओली समूहका मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेका थिए ।
त्यसयता दुई पटक बैठक राख्ने प्रयास भएपनि स्थगन भएपछि आइतबार सभामुखको जोडबलमा बैठक बस्न लागेको हो ।

चन्दा सङ्कलन गरेर विद्यालयलाई बस

१५ लाख भारुसहित एक जना पक्राउ

अन्तरजातीय विवाह गर्ने ४० जोडीलाई सम्मान

कोशी प्रदेशमा गणतन्त्र दिवस तीन दिन मनाइने

मकालु हिमाल आरोहण गर्ने क्रममा एक अमेरिकी नागरिकको मृत्यु

सडकको चट्टान फोर्न ‘केमीकल’ प्रयोग गरिने
_pjm03x6aPm_bwqm9nghrzyn1ey4txktpedmqln52zsnczuu1b6uzquxvnrwocznchlljdi2_kGXZ6ajNij_rgudjoumwxnoesu0chwtj4pazcqqocrstbxinc1r8ntxslaponaf6e9utjln_k7mj0XF0Az_wwmb6mqdox3vmcf8zfy7h2grhjvulj1bphymc0jxsjazwzlnub5br65x4e3c.jpg)
ब्राउन सुगर समाउन झापामा प्रहरीले गोली चलायो

प्रतिक्रिया