सिराहामा पाँच हजारले लगाए कोभिड खोप

सिराहा : सिराहामा पाँच हजार ३५३ जनाले कोभिड-१९ विरुद्धको खोप लगाएका छन् । दुई चरणमा सञ्चालन भएका खोप कार्यक्रमअन्तर्गत जिल्लामा पहिलो चरणमा ३ हजार ४२६ र दोस्रो चरणमा एक हजार ९२७ जनाले खोप लगाएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
सरकारले तोकेको मापदण्डभित्र परेकाले जिल्ला अस्पताल, रामकुमार उमाप्रसाद स्मारक अस्पताल र मिर्चैया प्राथमिक स्वास्थ्य केन्द्रबाट खोप लगाइएको कार्यालयका प्रमुख कृष्णदेव यादवले जानकारी दिए । खोप लगाउनेमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, निजामती कर्मचारी, जनप्रतिनिधि र सञ्चारकर्मी छन् । रासस

भारत–पाकिस्तान युद्ध : नेपाल-भारत सीमा क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाइँदै

जागिरको प्रलोभन दिएर भारत लैजान लागेको दुई युवती पक्राउ

४४३ बोतल अनरेक्स नामक लागूऔषधसहित दुई जना पक्राउ

वडाध्यक्ष राउतको 'फटाहा' टीप्पणीप्रति सामुदायिक वन उपभोक्ता महासंघको आपत्ति

प्रभावकारी बन्दै सुत्केरी तथा गर्भवती पोषण कार्यक्रम

जसपा बारा अध्यक्षमा रमेश यादव

प्रतिक्रिया