असंवैधानिक कदम चाल्ने ओलीले जनतासँग माफी माग्नुपर्छ : पौडेल

स्याङ्जा : नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले जनतासँग माफी माग्नु पर्ने बताएका छन् । नेपाल तरुण दल आधिखोला गाउँपालिका स्याङ्जाले आयोजना गरेको ‘बर्तमान राजनीतिक परिस्थितिबारे अन्तरक्रिया तथा सम्मान कार्यक्रम’ पौडेलले, ओली सरकारले कुनै काम गर्न नसकेको, लोकतन्त्र रक्षा गर्न नसकेको, चुनावमा सम्वृद्ध नेपाल बनाउने सपना देखाएर जनतालाई झुक्याएको आरोप लगाए ।
नेकपाको दुई तिहाइ मत प्राप्त सरकारले देशको नेतृत्व गर्न नसकेको उनको भनाइ थियो । लामो समयपछि आन्दोलनबाट प्राप्त लोकतन्त्र नेकपा सरकारमा गएपछि झन् धरापमा पार्दै गएको, तीन वर्षसम्म कुनै ठोस परिवर्तन गर्न नसकेको आरोप पौडेलले लगाए ।
कोभिड-१९ का कारण जनता अफ्ठयारोमा पर्दा पनि सरकारले कुनै योजना ल्याउन नसकेको, चौतर्फी भ्रष्टाचार र महङ्गी मौलाउँदा पनि सरकारले भ्रष्टचार नियन्त्रण गर्न नसकेको पौडेलको भनाइ छ ।
ओली नेतृत्वको सरकारले गराउने चुनाव निष्पक्ष हुने नसक्ने उनले बताए । असंवैधानिक कदम नसच्याइ गरिने चुनावको वैधानिक हुन नसक्ने उनको भनाइ छ ।

परराष्ट्रमन्त्री देउवासँग जापानका उपविदेशमन्त्रीको भेट

जलवायुको असर हिमाली क्षेत्रमा धेरै, क्षतिपूर्तिका लागि विश्वको ध्यानाकषर्ण

डोटी पुगेर प्रचण्डले भने- जनबलमा सत्तामा पुग्यौँ

रेमिट्यान्सका नाममा अवैध पैसा भित्रिरहेको आशंका छ : शेखर कोइराला

गृहमन्त्री लेखक र पर्यटनमन्त्री पाण्डे सगरमाथा आधार शिविरमा

नेपालमा कुनै संकट छैन : प्रधानमन्त्री ओली

कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध गर्न जरुरीः अध्यक्ष नेपाल

प्रतिक्रिया